काठमाडौं, ११ असोज। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादव काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा अवलोकनका लागि हनुमानढोका पुगेका छन् ।
इन्द्रजात्रामा बिहीबार तल्लो टोल (बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म) मा रथ यात्रा हुनेछ ।रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नेछन् ।
रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा छ ।सोही परम्पराअनुसार राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव हनुमानढोका पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्