काठमाडौ ११ असोज । चितवनमा नारायणी नदीमा नुहाने क्रममा आज बिहान दुई जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भइ धनगढीमा रहेको लक्ष्मीनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १७ वर्षीय पंकज दाहाल रहेका छन् । धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा उनीहरु देवघाट आएका थिए । बेपत्ता भएका दुवै युवकको खोजी भइरहेको चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस्