ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब वर्षमा ५० एमबीबीएस चिकित्सक उत्पादन हुने : कर्णाली प्रतिष्ठानको फड्को


abc

काठमाडौं, १० असोज ।  नेपालकै दुर्गम स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब वर्षमा ५० जना एमबीबीएस चिकित्सक उत्पादन हुने भएका छन्।

चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्रतिष्ठानले ५० जना नयाँ विद्यार्थी भर्ना गर्न पाउने भएको हो। यसअघि उसको कोटामा ३० सिट मात्रै थियो।

२० सिटबाट चिकित्सा शिक्षाको स्नातक पढाउन थालेको प्रतिष्ठान अब चौथो ब्याचको भर्ना लिँदै छ। सुरुको वर्ष २० र त्यसपछिका दुई वर्षमा ३०–३० जना भर्ना लिएर एमबीबीएस पढाइरहेको छ।

प्रतिष्ठानमा अहिले ९० जना शिक्षक–प्राध्यापक छन्। दैनिक ६०० जनासम्म बिरामी उपचारका लागि पुग्छन्। प्रतिष्ठानका उपकुलपति डा। मंगल रावलले नेपालखबरलाई भने, ‘सञ्चालनमा आएको छोटो समयमै एमबीबीएसमा ५० जनाको सिट पाउनुलाई महत्त्वपूर्ण उपलब्धि मानेका छौँ। गुणस्तरलाई विशेष ध्यान दिएर अब केही वर्ष ५० सिट मात्रै पढाउने योजना छ।’

प्रतिष्ठानले बीएमएस, बीफर्मा, एमडी(एमएस लगायतका विभिन्न विधाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै वर्षबाट बीएस्सी नर्सिङको पढाइ पनि सुरु गर्ने गरी पहिलो वर्ष २० जनालाई भर्ना लिने उपकुलपति डा। रावलले जानकारी दिए।

उनले भने, ‘दुर्गम र पिछडिएको क्षेत्रमा सञ्चालित प्रतिष्ठान संसारकै एक नमुना बन्ने बाटोमा छ। तर, यति धेरै प्रगति गरिसक्दा पनि सरकारको अपेक्षित सहयोग भने पाएका छैनौँ।’

कसले कति पाए सिटरु
आयोगले एमबीबीएसमा १ हजार ९२५ सिट निर्धारण गरेको छ भने बीडीएसतर्फ ५४५ सिट वितरण्ण गरेको छ।

एमबीबीएस अध्यापनका लागि विराट मेडिकल कलेज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज र केयु स्कुल अफ मेडिकल साइन्सेजले १००(१०० सिट पाएका छन्।

यसैगरी, लुम्बिनी मेडिकल कलेज, महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपालगञ्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि १००(१०० सिट पाएका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने एमबीबीएसमा ६५ सिट अध्यापन गर्ने अनुमति पाएको छ भने देवदह मेडिकल कलेजले ६० सिट पाएको छ।

जानकी मेडिकल कलेज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५०–५० सिटमा अध्यापन गराउने अनुमति पाएका छन्। बीडीएसतर्फ ५ वटा कलेजलाई ५०(५० सिट पढाउने अनुमति दिइएको छ।

जसमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, पिपुल्स डेन्टल कलेज र युनिभर्सल मेडिकल कलेज रहेका छन्।

बीडीएमा चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजले ४०(४० सिट पाएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु, आक्रोशित स्थानीयद्वारा बसमा आगजनी

नक्कली शरणार्थी प्रकरण :१० जना आइतवार छुट्ने, खाणको टुङ्गो तेस्रो न्यायाधीशले लगाउने

सम्बन्धित

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु, आक्रोशित स्थानीयद्वारा बसमा आगजनी

भारतमा युवती बेच्ने महिला पक्राउ

नक्कली शरणार्थी प्रकरण :१० जना आइतवार छुट्ने, खाणको टुङ्गो तेस्रो न्यायाधीशले लगाउने

क्युबाका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेट

पूर्वमन्त्री रायमाझी, सचिव पाण्डे, राईसहित ९ जना पुर्पक्षका लागि थुनामै रहने

भुटानी शरणार्थी नेता रिजाल १५ लाख धरौटीमा छुट्ने भए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com