काठमाडौं, १० असोज । नेपाल प्रहरीका ४ सहायक हवल्दारसहित २२ प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।एक महिनाभन्दा अघिदेखि सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र सम्बन्धित कार्यालयमा हाजीर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।प्रधान कार्यालयले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन ४ प्रहरी सहायक हवलदार र १८ जवानलाई सात दिनभित्र हाजीर हुन निर्देशन दिएको हो ।
सम्पर्कविहीन हुने प्रहरी सहायक हवलदारहरूमा प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समिर दाहाल, विपद सुरक्षा गण दुहबी सुनसरीमा कार्यरत जनम राई छन् ।यसैगरी विभिन्न जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ जवान महिना दिनभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेो सूचनामा उल्लेख छ ।
विभिन्न मितिदेखि उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सातदिनभित्र गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउन निर्देशन दिइएको छ ।सो समयमा हाजिर हुन नआएका अप्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा सोही नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी प्रधान कार्यालयले दिएको छ ।








प्रतिक्रिया दिनुहोस्