ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैंको लागि बसको अग्रिम टिकट बुकिङ अब मोबाइलबाटै


एबीसी न्यूज

काठमाडौ ९ असोज । नेपालीहरुको महान चाड वडा दशैंलाई लक्षित गरी सरकारले हरेक बर्ष अग्रिम बुकिङ खुलाउने गर्दछ । यस बर्ष पनि सरकारले अग्रिम बुकिङ खुलाउने तयारी गरेको छ । यसका लागि एक चरण सरकार र यातायात व्यवसायीबीच छलफल समेत भइसकेको छ ।अग्रिम बुकिङ खुलेसँगै हरेक वर्ष बसपार्कमा ठूलो भीड सँगै । टिकट लिन तँछाडमछाड चल्ने गर्छ ।

तर, तपाईं प्रविधिको पहुँचमा हुनुहुन्छ भने अब टिकट काट्न बसपार्कमै भीडभाड गर्नु पर्दैन ।अहिले विभिन्न अनलाइन माध्यमहरु बसको टिकट अग्रिम बुकिङ गर्न सञ्चालनमा छन् । जसको माध्यमबाट सजिलै आफ्नो गन्तव्यसम्मको बसको टिकट घर बसीबसी आफ्नै मोबाइलबाट बुकिङ गर्न सकिन्छ ।नेपालमा अहिले सबैभन्दा ठूलो सञ्जाल बनाइसकेको अनलाइन माध्यम ‘बस सेवा’ले ६० भन्दा बढी जिल्लामा जाने गरी अनलाइन टिकट काट्ने सुविधा उपलब्ध गराएको छ ।

बस सेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार देशभरका ३ सय भन्दा बढी बस व्यवसायी कम्पनीसँग बस सेवाले सहकार्यको सम्झौता गरिसकेको छ । सोही अनुसार निर्धारित रुटमा अनलाइनबाटै टिकट बुकिङ गर्न सकिन्छ । यसका लागि बससेवाले ई–सेवा, खल्ती, फोन–पे, आईएमई–पे, माइ–मे, कनेक्ट आईपीएससहितका भुक्तानी सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेको छ । अर्थात् ती माध्यमबाट यात्रुले बसको टिकट पैसा तिर्न सक्छन् ।

दैनिक दुईतर्फी ३५ हजार सिट अनलाइनमा उपलब्ध हुने

बससेवाले मात्र दशैंमा दैनिक दुईतर्फी ३५ हजार वटा सिट अनलाइनबाट बुकिङ गर्न सकिने गरी व्यवस्था गर्न लागेको सीईओ खनालले जानकारी दिए ।
खनालका अनुसार अग्रिम बुकिङका लागि भने सरकारले अग्रिम बुकिङ खुलाएकै मितिदेखि मात्र अनलाइनमा पनि बुकिङ गर्न सकिन्छ । अनलाइनबाट टिकट बुक गर्दा यात्रु स्वयंले सिट हेरेर छान्न पाउने भएकाले सिट फरक पर्ने सम्भावना नहुने खनालले बताए ।अनलाइनबाट सिट बुक गर्दा उपलब्ध सिट मात्र बुकिङ गर्न मिल्छ,’ उनले भने । यसले चाडबाडको समयमा यात्रु र बस स्टाफबीच हुने लफडा कम गर्न समेत सहयोग गर्ने खनालको भनाइ छ ।

कहिले खुल्छ अग्रिम बुकिङ ?

यातायात व्यवस्था विभागका अनुसार अहिले सरोकारवालासँग छलफल चलिरहेको छ । त्यसपछि अग्रिम बुकिङ खुलाउनेबारे निर्णय हुनेछ । विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुले सरोकारवालासँग छलफल भइरहेको भन्दै अग्रिम बुकिङ खुलाउने मिति निश्चित भइनसकेको जानकारी दिए ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले देशभरको सडकको भद्रगोल अवस्थालाई व्यवस्थापन नगरी अग्रिम बुकिङ खुलाउन नसकिने जानकारी सरकारलाई गराइएको बताउँछन् । अघिल्लो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा व्यवसायीले कम्तिमा मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक खण्ड बीना अवरोध सञ्चालन हुन सक्ने गरी छिटो निर्माण सक्न माग गरिएको उनले बताए ।‘हामीले अग्रिम बुकिङ लिने तर त्यही सडकका कारण गाडी समयमा आउन सकेन भने गाली हामीले खान्छौं,’ उनले भने, यो समस्यामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छौं ।’यसबाहेक भाडा समायोजनको विषय समेत व्यवसायीले राखेको उनले जानकारी दिए । २०७८ सालमै निर्णय भएको भाडा कार्यान्वयन गर्न अहिले पनि आलटाल भइरहेको छ, यसलाई पनि कार्यान्वयनमा लैजाऔं भन्ने हाम्रो माग छ । ‘यो सम्बोधन हुनासाथ अग्रिम बुकिङ खुल्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com