ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ : योगेश भट्टराई


एबीसी न्यूज

काठमाडौं, ९ असोज । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले संविधानको धारा २४० अनुसार संवैधानिक परिषद्बाट महालेखापरीक्षक नियुक्ति हुने प्रावधान रहेको उल्लेख गरे । संविधानमा खोट भएर संस्थालाई स्वतन्त्र र स्वायत्त बन्न नदिएको भए त्यसलाई संशोधन गर्न आवश्यक रहेको उनले बताए ।उनले आफूहरू महालेखापरीक्षकको कार्यालय अझ बलियो, स्वतन्त्र र स्वायत्त हुनुपर्ने र कुनै हस्तक्षेप हुनु हुन्न भन्ने पक्षमा रहेको सुनाए ।

न्यायाधीशको परीक्षामा ‘फेल’ भएकाहरूलाई सरकारले न्यायाधीश बनाउनु देशका लागि विडम्बनापूर्ण अवस्था रहेको उनले टिप्पणी गरे ।

“लेखारीक्षण गर्ने संस्था महालेखापरीक्षक कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ । संविधानको धारा २४० ले संवैधानिक परिषद्बाट महालेखापरीक्षक नियुक्ति हुन्छ । अन्य संवैधानिक निकायहरूको प्रमुखको नियुक्ति एउटै हो । संस्था स्वतन्त्र र स्वायत्त छैन भने संविधानमा खोट छ, जसले संस्थालाई स्वतन्त्र र स्वायत्त बन्न दिएको छैन । त्यस्तो हो भने त्यसलाई संशोधन गर्नुपर्छ । हामी चाहन्छौँ, महालेखापरीक्षकको कार्यालय अझ बलियो, स्वतन्त्र र स्वायत्त होस् । यसमा कुनै हस्तक्षेप नहोस् भन्ने चाहन्छौँ,” उनले भने, “सरकारले न्यायाधीशको परीक्षामा फेल भएकाहरूलाई न्यायाधीश बनाउँछ ।

विडम्बना छ हाम्रो देशमा १ बेरुजुको हिसाबमा कस्ता मानिसहरू देशको सचिव वा मुख्यसचिव भएका होलान्, उनीहरूको बढुवामा कुनै आधार हुन्छ कि हुँदैन रु उसले काम गरेको मन्त्रालय वा कार्यालयमा करोडौँको बेरुजु छ, त्यसको फर्छ्योट गर्ने कुनै काम गरेको छैन, तर उसको बढुवा किन हुन्छ रु बढुवाको सन्दर्भमा कतै बेरुजुको मापदण्ड राख्नुपर्छ । बेरुजु बढाउँदै हिँड्ने व्यक्ति देशको मुख्यसचिव भयो, उसले के सुशासनको कुरा गर्छ ?

सचिव वा मुख्यसचिवहरूको बढुवामा बेरुजुको मापदण्ड राख्न आवश्यक रहेकामा उनले जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com