ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रम चीन भ्रमण : रसुवागढी र तातोपानीको सडक बनाउन चीनले सघाउने, थप दुई नाका खोल्ने


एबीसी न्यूज

काठमाडौं, ९ असोज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा पुरानै मुद्दालाई अगाडि बढाउने गरी सहमति भएको छ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिलिमे–रसुवागढी २२० केभी प्रसारणलाइन र सन् २०२५ भ्रमण वर्ष मनाउनेबाहेक अरु नयाँ सहमति भएनन्।

उता उत्तरी क्षेत्रका २ वटा नाका खुलाउने विषयमा पनि संवाद जारी राख्ने समझदारी भएको छ।

चेताङ–किमाथांका र रिउ–ओलाङचुङगोला नाका नियमित गराउन छलफलबाट छिट्टै टुंगोमा पुग्ने समझदारी दुई देशले गरेका छन्।

व्यापार र भुक्तानी सम्झौताको समीक्षा तथा परिमार्जन गर्न संयुक्त कार्यदल बनाउने समझदारीमा नेपालका सचिव मधुकुमार मरासिनीले सम्झौता गरेका छन्। संघाईमा हुने छैटौं चाइना अन्तराष्ट्रिय इम्पोर्ट एक्स्पोमा नेपाल सहभागी हुने भएको छ।

नेपाली वस्तु निर्यात गर्न चीनले सहजीकरण गर्ने भएको छ। भैंसी तथा रागोको मासु चीनमा निर्यात गर्ने प्रक्रियालाई छिटो टुंग्याइने दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ।

चीनको पुलान र जिलोङ पोटर्सबाट प्यासेन्जरसँगै कार्गो सेवा सुरु भएकोमा दुई देशले खुसी व्यक्त गरेका छन्। लिजी नेचुङ पोर्टमा थप सुविधा बढाउने कुरामा चीन सहमत भएको छ।

चिनियाँ पर्यटक नेपाल ल्याउन सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइने भएको छ। चीनले नेपालका संस्कृति र पर्यटन संस्थालाई पर्यटन प्रवर्द्धनका लागि सहयोग गरिरहेको उल्लेख गरेको छ।

थप चिनियाँ पर्यटकलाई नेपाल भम्रण गराउन सहयोग पनि चीनले गर्ने भएको छ।

पर्यटन प्रवर्द्धनसँगै व्यापार, सडक पूर्वाधार, जलविद्युत्, कृषि, सूचना प्रविधि क्षेत्रमा पनि केही सहमति भएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा प्रोत्साहन गर्ने
नेपाल र चीनबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई मार्ग थप गर्ने सहमति भएको छ।

दुई देशका प्रधानमन्त्रीबीच छलफलपछि जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सन्तोषजनक रहेको बताउँदै उडानका लागि सहजीकरण गर्ने सहमति भएको हो।

चिनियाँ ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान मात्रै हुँदै आएका छन्। अन्तर्राष्ट्रिय उडान थप गर्ने वातावरणका लागि चीन र नेपालबीच सहमति भएको छ।

‘दुवै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थपका लागि सहयोगसँगै सहजीकरण गर्ने,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘पोखरासँग सिधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तरक्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने।’

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चिनियाँ सिचुवान एयरलाइन्सले छेन्दुबाट गरेको थियो। गत असार पहिलो साता भएको ड्रागन बोट फेस्टिभलमा चिनियाँ चार्टड उडानमार्फत पर्यटक सिधै पोखरा आइपुगेका थिए। त्यसपछि भुटानको ड्रुक एयरले भदौ अन्तिममा सिधा चार्टड उडान गरेको थियो।

बुद्ध एयरले पोखराबाट भारतमा सिधा उडान गर्ने अनुमति माग गरे पनि दिइएको छैन। विमानस्थल उद्घाटनको १० महिना बित्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

पोखरा विमानस्थलमा चिनियाँ एक्जिम बैंकको ऋणलाई अनुदानमा बदल्न नेपालले प्रयास गर्ने बताइए पनि सहमति हुन सकेन।

चिलिमे–केरुङ २२० केभी प्रसारणलाइन अघि बढाइने
दुई देशबीच विद्युत् क्षेत्रमा नयाँ समझदारी भएको छ। क्रसबोर्डर प्रसारणलाइन र सब–स्टेशन बनाउन सहकार्य गर्ने भनिएको छ। विद्युत् व्यापार सहकार्यको योजना छिट्टै टुंग्याइने भएको छ।

चिलिमे–रसुवागढी २२० केभी प्रसारणलाइन निर्माण गर्न दुई देश सहमत भएका छन्।

यसबाट त्रिशूलीमा उत्पादित विद्युत् चीन निर्यात गर्न सहज हुने छ। संयुक्त कार्यान्वयन संयन्त्रले हाइड्रोपावर, विन्ड पावर, सोलर पावर, बायोमास र हाइड्रोजनमा सहकार्य गर्ने बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले चीन जानुअघि किमाथांकाबाट ४०० केभीको प्रसारणलाइन बनाउने विषयमा सहमति हुने बताएका थिए। तर त्यो कुरा अघि बढ्नै सकेन।

मुख्य प्रसारण लाइन बनाउन सहमति नभए पनि नेपालको उत्तरी क्षेत्रका दुर्गम गाउँमा चीनबाट विद्युत् आपूर्तिबारेको नेपालको मागमा चीन सहमत भएको छ।

चीनसँग ६४ अर्बको औद्योगिक पार्कमा भएन पीडीए सम्झौता
झापाको दमकमा शिलान्यास भएको चाइना–नेपालमैत्री औद्योगिक पार्कलाई छिट्टै अघि बढाउने विषयमा सहमति भएको छ।

करिब ३ वर्षअघि शिलन्यास भए पनि निर्माण सुरु हुन नसकेको औद्योगिक पार्कको आयोजना विकास सम्झौता ९पीडीए० छिट्टै गर्ने सहमति भएको छ।

‘लगानी बोर्ड नेपाल र ल्हास्सा इकोनोमिक एन्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीले पार्कलाई तीव्रता दिने र पीडीए सम्झौता छिट्टै गर्दै निर्माण सुरु गर्ने सहमति भएको छ,’ संयुक्त वक्तव्यमा भनिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन–नेपाल मैत्री औद्यागिक पार्क शिलन्यास गरे पनि काम अघि बढेको छैन। ५ वर्षमा सक्ने भनिएको आयोजना सुरु नै भएन।

पार्क चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स
बीआरआई अन्तर्गत निर्माण हुने भनिएको थियो। १६ असोज २०७६ मा लगानी बोर्डले चिनियाँ कम्पनीसँग पार्क निर्माणसम्बन्धी समझदारी पत्र एमओयू मा हस्ताक्षर गरेको थियो।

त्यस लगत्तै लगानी बोर्डले ल्हास्सा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सन कम्पनीलाई पार्कका लागि ६४ अर्ब रुपैयाँ भित्र्याउने स्वीकृति दिएको थियो।

टोखा–छहरे सुरुङमार्ग र अरनिको राजमार्ग विस्तार गर्ने
प्रधानमन्त्रीको भ्रमणमा रसुवागढी र तातोपानी नाका जोड्ने मुख्य सडक विस्तारमा चीनसँग सहमति भएको छ।

नेपाल र चीनबीच अरनिको राजमार्गको चौथो चरणको विस्तारलाई अघि बढाउने सहमति भएको छ। चिनियाँ पक्षले स्याफ्रुबेंसी–रसुवागढी राजमार्ग मर्मत सुरु गर्ने भएको छ।

टोखा– छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन सहमत भएका छन्। सुरुङ मार्गले दुई देशबीचको कनेक्टिभीटीलाई उचाइ दिने वक्तव्यमा उल्लेख छ।

काठमाडौंको चक्रपथ दोस्रो चरणको काम सुरु गर्ने बताइएको छ। सडक विभागका वैदेशिक महाशाखा प्रमुख डा। विजय जैसीले चक्रपथ विस्तारमा चिनियाँ पक्षले डिजाइनको काम गरिरहेको बताए।

‘अहिले डिटेडलमा सडकको डिजाइन भइरहेको छ,’ डा। जैसीले भने, ‘अहिले साइट क्लियरेन्सको समस्या छैन। उनीहरुले कम्पनी छनोट लगायतको काम गरिरहेको जानकारी दिइरहेका छन्।’

दुई देशले केरुङ–काठमाडौं क्रस बोर्डर रेलवेको सम्भाव्यता अध्ययनमा सन्तुष्ट रहेको बताएका छन्। कार्यदलको आठौं बैठक छिट्टै गर्ने योजना रहेको छ। नेपालमा रेलसम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि चीनले सहयोग गर्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com