ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा मणिपुर र अयोध्याजस्तै विवाद झिकिँदै छ, सचेत बनौँ : चन्द्र भण्डारी


एबीसी न्यूज

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले देश सामाजिक द्वन्द्वसँगै राजनीतिक र आर्थिक भुमरीमा फस्न लागेको चेतावनी दिएका छन् ।

पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले देशको सामाजिक अवस्थासँगै राजनीतिक र आर्थिक क्षेत्रमा समस्या आउनु सामान्य विषय नभएको बताए ।

“सभापतिज्यू, देशको समाजिक अवस्था बिग्रँदैै छ भने राजनीतिक तथा आर्थिक क्षेत्र पनि समस्याका भुमरीमा फस्दै छन्,” भण्डारीले भने, “कांग्रेस यसमा बोल्यो भने चित्त नबुझेर हामीलाई धेरैले छोड्न सक्छन् । बोल्दै नबोले यो बोल्दो नै रहेनछ भनेर छाड्न सक्छन् ।”

उनले सामाजिक अवस्था विशेष जटिल बनिरहेको उल्लेख गरे । अरूकै निर्देशन वा स्वार्थमा यस्तो भइरहेको उनको भनाइ छ ।

समयमै रोक्न नसके त्यो समाधान दिन नसकिने समस्याका रूपमा देखापर्ने उनले बताए । “पहिलो, हाम्रो सामाजिक अवस्थामा भारतको अयोध्यारबाबरी मस्जिद र मणिपुरको जस्तो अवस्था धरानमा देखिँदै छ,” उनले भने, “यसमा समयमा एउटा निर्णय गर्नुपर्छ, जसले सबै नागरिकलाई एकसाथ राख्न सकोस् ।”

शिक्षा क्षेत्रको समस्या पनि उनले उल्लेख गरे । “गरिबका छोराछोरीले सीएमए, स्टाफ नर्स र एनए पढ्ने २६७ कलेज बन्द भएका छन्,” भण्डारीले भने, “भारतीय सीमामा डेढ सय बढी कलेजहरू खोलिएका छन् । नेपाली गरिबका छोराछोरीहरू त्यहाँ जान बाध्य छन् ।”

उनले युवाले रोजगारी नपाउने र पढ्न पनि नपाए त्यसले सामाजिक समस्या निम्त्याउने बताए । “युवाहरूले पढ्न पाएन भने हतियार बोक्दैन रु विद्रोह गर्दैन रु,” प्रश्न गर्दै उनले भने, “यसको सम्बोधन कसरी गर्ने रु”

स्वास्थ्य क्षेत्रका कारण जनता हरेक वर्ष गरिबीको चपेटामा परिरहेको भन्दै उनले राज्य भूमिकाविहीन भएर बस्न नपाउनेमा जोड दिए । “आज जनताले स्वास्थ्योपचार गर्न नसकेर प्रत्यक वर्ष गरिबीको रेखामुनि जानेका संख्या बढिरहेको छ,” भण्डारीले भने, “सबै क्षेत्रमा समस्या राखेर कसरी राष्ट्र निर्माण हुनसक्छ ।”

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गरिरहेका विषयमा समेत उनले प्रश्न उठाए । सबै कुरा लाइभमा गर्न नसकिने बताए । लाइभ कायम राखिए मुख्य कुरा नै नहुने उनको जिकिर छ ।

“सभापतिज्यू, यो केन्द्रीय समिति बैठक लाइभ गर्ने कुरा पनि मलाई उचित लागेको छैन । सबै कुरा लाइभमै भन्नु उचित पनि हुँदैन,” उनले रामायणको कथा सुनाउँदै भने, “रामायणको युद्धमा राम शक्तिशाली छन्, रावण पनि शक्तिशाली छन् । तर, रामले रावणलाई मार्नै सक्दैनन् । जब विभीषणले नाभिमा अमृत भएको बताउँछन्, त्यसपछि मात्र रामले रावणलाई मार्न सम्भव हुन्छ ।”

हालै केन्द्रीय सदस्य मनोनीत भएपछि बैठकमा भण्डारीले पहिलोपटक बोलेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com