काठमाडौं, ८ असोज । क्रिस्चियन धर्मसँग सम्बन्धित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आईएनजीओ०ले नेपालमा एक वर्षको अवधिमा ६ अर्ब २० करोड २७ लाख ४८ हजार रुपैयाँ खर्च गर्ने भएका छन् । अर्थ मन्त्रालयको तथ्यांकानुसार चालु आर्थिक वर्ष २०८०र८१ मा उक्त रकम खर्च गर्न लागेका हुन् ।
२२ क्रिस्चियन आईएनजीओले ३७ कार्यक्रम एवं परियोजनामा सो रकम खर्च गर्नेछन् । आईएनजीओले ती कार्यक्रम स्वीकृत गराइसकेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको समाजकल्याण परिषद्ले कार्यक्रम स्वीकृत गरेको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘स्टेटमेन्ट अफ टेक्निकल एन्ड अदर्स एसिस्टेन्स, २०२३र२४’ रिपोर्टमा पनि क्रिस्चियन आईएनजीओका परियोजना समेटिएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव धनीराम शर्माका अनुसार चालु आर्थिक वर्ष २०८०र८१ मा १६८ परियोजनामा आईएनजीओले २४ अर्ब ३४ करोड ९८ लाख ११ हजार रुपैयाँको खर्च गर्दै छन् । आईएनजीओको कुल स्वीकृत बजेटमा क्रिस्चियन सम्बन्धितको हिस्सा २५।४७ प्रतिशत छ ।
क्रिस्चियन आईएनजीओले चालु आर्थिक वर्ष नेपालका ५० भन्दा बढी जिल्लामा आफ्ना कार्यक्रम सञ्चालन गर्दै छन् । यो वर्ष नेपालमा विभिन्न कार्यक्रम स्वीकृति गराउने क्रिस्चियन आईएनजीओमा लुथरन वर्ल्ड रिलिफ, क्याथोलिक रिलिफ सर्भिसेज, एडभेन्टिस्ट डेभलपमेन्ट एन्ड रिलिफ एजेन्सी, वर्ल्ड भिजन इन्टरनेसनल, स्ट्रोम फाउन्डेसन, किन्डरनोथलाइफ, सीबीएम नेपाल, चाइल्ड फन्ड, डेन चर्च एड छन् ।
यस्तै, फिनिस इभान्जेलिकल लुथ्रन मिसन, फिडा इन्टरनेसनल, फिन चर्च एड फाउन्डेसन, ह्याभीटाट फर ह्युम्यानिटी इन्टरनेसनल, इन्टरनेसनल नेपाल फेलोसिप, लेटर डे सेन्ट च्यारिटीज, मर्सी कोर्प्स, मिसन इस्ट, नेपाल लिप्रोसी ट्रस्ट, टियर फन्ड, द लेप्रोसी मिसन इन्टरनेसनल र युनाइटेड मिसन टु नेपालले पनि चालु आर्थिक वर्ष नेपालमा परियोजना सञ्चालन गर्दै छन् ।
क्रिस्चियन आईएनजीओका कार्यक्रममा युवा उद्यमशीलता विकास परियोजना, लमजुङ रिकभरी प्रोजेक्ट, सुधारिएको पोषण र पानीमार्फत सुधार परियोजना, द एन्हान्स्ड रुरल एआई प्रोजेक्ट ९साना डेरी किसानका लागि०, बालकल्याण र एकीकृत विकास परियोजनाका लागि हातेमालो छन् ।
यसैगरी, समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना, संवाद कार्यक्रम ९किशोरीको शिक्षा र सशक्तीकरणका लागि०, अस्पताल परियोजना र महिला सशक्तीकरण तथा बालअधिकार संरक्षण कार्यक्रम स्वीकृत गराएका हुन् ।
एकीकृत परियोजनामार्फत समुदायको सशक्तीकरण, सामाजिक समावेशीकरण, नेपाल विकास परियोजना, हलिया सशक्तीकरण परियोजना, रूपान्तरित जनता–रूपान्तरित समुदाय, सामाजिक–आर्थिक सशक्तीकरण परियोजना, सुरक्षित आवास, समुदायको स्वास्थ्य तथा विकास, अस्पताल तथा स्वास्थ्य सेवा, महिला सशक्तीकरण तथा बालअधिकार संरक्षण, सामुदायिक खानेपानी परियोजना, कोभिड–१९ सहायता कार्यक्रम, समावेशी विकास कार्यक्रम सञ्चालन गर्न पनि क्रिस्चियन आईएनजीओले स्वीकृति लिएका छन् ।
अर्थ मन्त्रालयका अनुसार वर्ल्ड भिजन इन्टरनेसनलले यो वर्ष नेपालमा दुई परियोजनामार्फत एक अर्ब ६७ करोड १३ लाख दुई हजार रुपैयाँ खर्च गर्दै छ । वर्ल्ड विभजनको परियोजनामा १५ जिल्लालाई समेटिएको छ ।
चालु आर्थिक वर्षमा युनाइटेड मिसन टु नेपालले तीन परियोजनामार्फत ८७ करोड ६ लाख ३६ हजार रुपैयाँ खर्च गर्दै छ ।
यस्तै, इन्टरनेसनल नेपाल फेलोसिपले ७७ करोड ५० लाख ८४ हजार, ह्याभीटाट फर ह्युम्यानिटी इन्टरनेसनलले ५२ करोड आठ लाख ४८ हजार, द लिप्रोसी मिसन इन्टरनेसनलले ३४ करोड ३३ लाख ३८ हजार, एडभेन्टिस्ट डेभलपमेन्ट एन्ड रिलिफ एजेन्सीले २७ करोड ८२ लाख ६४ हजार रुपैयाँ नेपालमा खर्च गर्दै छन् ।
क्रिस्चियन आईएनजीओमध्ये सीबीएम नेपालले १९ करोड ९६ लाख २५ हजार, क्याथोलिक रिलिफ सर्भिसेजले १४ करोड ८८ लाख ९४ हजार, चाइल्ड फन्डले १२ करोड ९९ लाख पाँच हजार, डेन चर्च एडले १६ करोड २४ लाख ३५ हजार रुपैयाँ नेपालमा खर्च गर्ने गरी कार्यत्रम स्वीकृत गराएका छन् ।
फिनिस इभान्जेलिकल लुथ्रन मिसनले १८ करोड ४४ लाख ९१ हजार, फिडा इन्टरनेसनलले चार करोड ५६ लाख ४८ हजार, फिन चर्च एड फाउन्डेसनले १० करोड ६१ लाख ४६ हजार, किन्डरनोथलाइफले चार करोड ६६ लाख ७९ हजार रुपैयाँ यो वर्ष नेपालमा खर्च गर्नेछन् ।
लेटर डे सेन्ट च्यारिटीजले दुई करोड ३४ लाख २१ हजार, लुर्थ्रन वर्ल्डले १८ करोड ७७ लाख ५१ हजार, मर्सी कोर्प्सले १० करोड ४९ लाख ९२ हजार रुपैयाँ, मिसन इस्टले तीन करोड १० लाख ५१ हजार, नेपाल लिप्रोसी ट्रस्टले चार करोड ६७ लाख ४७ हजार रुपैयाँ खर्चनेछन् ।
स्ट्रोम फाउन्डेसनले २६ करोड सात लाख ९४ हजार र टियर फन्डले ६ करोड ४६ लाख ९७ हजार रुपैयाँबराबरका कार्यक्रम नेपालमा चालु आर्थिक वर्षमा गर्नेछन् ।
परिषद् र अर्थले उपलब्ध गराएको तथ्यांक हेर्दा पछिल्ला वर्षहरूमा नेपालमा क्रिस्चियन आईएनजीओको लगानी बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७५र७६ मा क्रिस्चियन आईएनजीओहरूले नेपालमा एक अर्ब ९९ करोड ६४ लाख ९० हजार ६९९ रुपैयाँ खर्च गरेका थिए ।
आर्थिक वर्ष २०७६र७७ मा २० भन्दा बढी क्रिस्चियन आईएनजीओले ४० भन्दा बढी जिल्लामा परियोजना सञ्चालन गर्न तीन अर्ब ९३ करोड ६३ लाख ६० हजार रुपैयाँ बजेट छुट्ट्याएका थिए ।
क्रिस्चियन आईएनजीओहरूले आर्थिक वर्ष २०७७र७८ मा नेपालभित्र कार्यक्रम सञ्चालन गर्न दुई अर्ब ९९ करोड ६५ लाख ६४ हजार रुपैयाँ खर्च गरेका थिए ।
समाजकल्याण परिषद्का अनुसार गत आर्थिक वर्ष २०७९र८० मा क्रिस्चियन धर्मसँग सम्बन्धित आईएनजीओहरूले नेपालमा ११ अर्ब २८ करोड ३३ लाख ९४ हजार ४३७ रुपैयाँबराबरका कार्यक्रम स्वीकृत गराएका थिए । ती कार्यक्रमको अवधि एकदेखि पाँच वर्षसम्म रहेको थियो । गत आर्थिक वर्ष क्रिस्चियन आईएनजीओहरूले झन्डै साढे ११ अर्ब रुपैयाँ नेपालका ३० जिल्लामा खर्च गर्ने गरी कार्यक्रम स्वीकृत गराएको देखिन्छ ।
२०७९र८० मा परिषद्ले ४७ आईएनजीओका कार्यक्रम एवं परियोजना स्वीकृति गरेको थियो । आईएनजीओले गत वर्ष ३० अर्ब ४८ करोड रुपैयाँको कार्यक्रम स्वीकृत गराएका थिए । स्वीकृत रकममा ३७।०१ प्रतिशत हिस्सा क्रिस्चियन आईएनजीओहरूको थियो ।
नेपालमा धर्म परिवर्तनमा सक्रिय भएको आरोप क्रिस्चियन आईएनजीओले बेलाबखत खेप्ने गरेका छन् । आर्थिक वर्ष २०७६र७७ मा टियर फन्डमाथि धर्म परिवर्तनसम्बन्धी गतिविधि गरेको आरोपसहितको उजुरी समाजकल्याण परिषद्मा परेको थियो । उजुरीपछि परिषद्को टोलीले अनुसन्धान गरेको थियो ।
टियर फन्डले उक्त वर्ष मकवानपुर र नुवाकोटमा पुनर्वास र उत्थानशीलता निर्माण कार्यक्रम सञ्चालन गर्न २१ करोड १८ लाख २९ हजार रुपैयाँ छुट्ट्याएको थियो । सन् २०१६ देखि २०१९ सम्म टियर फन्डले ती जिल्लामा ६३ करोड ५४ लाख ८७ हजार रुपैयाँबराबरका कार्यक्रम सञ्चालन गर्ने अनुमति परिषद्बाट लिएको थियो ।
अनुसन्धानमा धार्मिक गतिविधिमा संलग्न रहेको भेटिएपछि परिषद्ले टियर फन्डका प्रतिनिधिलाई बोलाएर सचेत गराउनुका साथै अबदेखि त्यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता समेत गराएको थियो ।
नेपाल क्रिस्चियन बाल शिक्षा संगठन, मर्सी मिसन हिमालय गैरसरकारी संस्था पनि धार्मिक गतिविधिमा संलग्न रहेको पाइएपछि परिषद्ले यसअघि सचेत गराएको थियो ।
“केही आईएनजीओहरूमाथि बेलाबखत धर्म परिवर्तन गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर, पछिल्ला एक–दुई वर्षयता यस्तो आरोप लागेका आईएनजीओमाथि अनुसन्धान गर्दा त्यस्तो गरेको भेटिएको छैन,” समाजकल्याण परिषद्का प्रवक्ता सञ्जयकुमार मल्लिकले बाह्रखरीसँग भने ।








प्रतिक्रिया दिनुहोस्