ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरीको खुसीको लागि ‘स्क्वायर होटेल’को स्वीमिङ पूल पुगेका सजीलमान कसरी पुगे कोमामा ?


एबीसी न्यूज

काठमाडौं, ७ असोज ।  ललितपुर जावलाखेलका सजीलमान शाक्य अस्पतालमा बाँच्चका लागि संघर्षरत छन् । विभिन्न व्यवसायमा लागेका ४० वर्षीय सजीलमान कुनै रोगका कारण त्यसरी अस्पताल पुग्नुपरेको भने होइन ।

आफू त्यसरी अस्पताल पुग्नु पर्ला भनेर कल्पनासमेत गरेका थिएनन् । न त उनका परिवारले नै । तर उनी अहिले ललितपुरको मेडिसेटी अस्पतालमा अर्धचेतको अवस्थामा छन् । उनका परिवार सजीलमानको जीवन रक्षाको लागि प्रार्थना गरिरहेका छन् ।

कुनै रोग नै नभएका सजीलमानको स्वास्थ्य अवस्था कसरी त्यस्तो हुन पुग्यो रु उक्त घटना जान्न भने २३ दिनअघि फर्किनु पर्छ । ४० वर्षीय सजिलमान १५ भदौमा घरमै थिए । शुक्रबार भएकाले एनएमबी बैंकमा कार्यरत उनकी श्रीमती अफिसबाट चाँडै घर फर्किएकी थिइन् । उनी श्रीमतीकै पर्खाइमा थिए ।

श्रीमती घर पुगेपछि भने सजीलमानले श्रीमतीसहित एकमात्रै साढे दुई वर्षकी छोरीलाई स्वीमिङको लागि ललितपुर–३, पुल्चोकस्थित होटल स्क्वायरमा लगे ।

सजीलमानको घरभन्दा होटल स्क्वायर केही दुरीमै छ । उनी होटलको स्वीमिङ पुलमा पुग्दा दिउसोको साढे तीन बजेको थियो । होटलको छतमा भएको स्वीमिङ पुलमा सजीलमान र छोरी स्वीमिङ खेल्न तयार भए । सजीलमान आफू भन्दा पनि छोरीकै खुसीको लागि होटलको स्वीमिङ पूल पुगेका थिए ।

उनकी श्रीमती भने छोरी र श्रीमान् स्वीमिङ पूलमा रमाइलो गरेको हेर्दै र फोटो क्याप्चर गर्दै थिइन् । सजीलमान र छोरी स्वीमिङ पूलभित्र पसेको १५–२० मिनेटमात्रै भएको थियो । छोरी एक छिन बाहिर के निस्केकीमात्रै थिइन् सजीलमान अचानक बेहोस् भए, स्वीमिङ पूलभित्रै ढले ।

स्वीमिङ पूलभित्र ढलेका सजीलमानलाई उनकी श्रीमतीसहित होटलका कर्मचारीले तत्काल उपचारको लागि मेडिसिटी अस्पताल पुर्‍याए । तर, त्यो दिनदेखि सजीलमान उठ्न सकेका छैनन् । सजीलमानका भाइ विवेक शाक्यले स्वीमिङ पूलभित्र करेन्ट लाग्दा उनी ढलेको बताए ।

“श्रीमतीसहित रमाउन गएको दाइ अहिले कोमामा पुगेको छ । मेडिसिटी अस्पतालमा अर्धचेत अवस्थामा राखिएको छ । तर, प्रहरीको तर्फबाट जसरी घटनाको छानबिन हुनुपर्थ्यो त्यो भएको छैन,” विवेक भन्छन् ।

सजीलमानको उपचारसमेत अहिलेसम्म परिवारले नै बेहोर्दै आएको उनले बताए । चिकित्सकले ‘इलेक्ट्रिक सक’ कै कारण ढलेको बताएको विवेक शाक्यको भनाइ छ । छोरीसमेत भाग्यले बाँचेको विवेक बताउँछन् ।

“स्वीमिङ पूलमा दाइ र छोरी स्वीमिङ गर्दै थिए । १५–२० मिटने भएको थियो । छोरी चस्मामा बाफ जम्यो भनेर बाहिर निस्किइन् । चस्मा मिलाएर छोरी फेरि स्वीमिङ पूलभित्र जान खोज्दा दाइलाई करेन्ट लाग्यो,” विवेकले भने ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले स्वीमिङ पूल भित्र करेन्ट लाग्यो कि अन्य कारण त्यस्तो हुन पुग्यो भन्नेबारे भोलिमात्रै थाहा हुने बताए ।

“घटनाको छानबिन गर्न पाटन अस्पतालको फरेन्सिक विज्ञको टोली गठन भएको छ । त्यसको रिपोर्ट भोलि सोमबार आउँछ । त्यही आधारमा घटनाको यथार्थ बारे थाहा हुन्छ,” एसएसपी शाहले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com