ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई कसरी बुझ्ने?


एबीसी न्यूज

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी चीन भ्रमणका क्रममा अहिले बेइजिङमा छन्।

संयुक्त राष्ट्र संघको महासभामा अमेरिका गएका दाहाल उतैबाट चीन भ्रमणमा निस्किएका हुन्।

चीन पनि एसियाली खेलको उद्घाटन समारोहको अवसर पारेर गए। त्यसैले यस भ्रमणबाट खास कुनै एजेन्डामा कति प्रगति भयो भनेर हेर्नुभन्दा दुई देशबीच उच्चस्तरमा भेटघाट भएर विश्वासको आदान–प्रदान हुनु नै खास उपलब्धिका रुपमा लिनुपर्छ।

यसबीचमा विभिन्न कारणले दुई देशबीच विश्वासको कमी महसुस भइरहेको थियो। त्यो खाडल पुर्न विश्वासको परिपूर्ति आवश्यक थियो।

पक्कै पनि प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी चिन फिङकै तहमा भएको भेटले दुई देशबीचको सम्बन्धमा विश्वासको वातावरण फर्काउन काम गरेको हुनुपर्छ।

चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईसम्बन्धी सम्झौतामा नेपालले सही गरेको ६ वर्ष भइसक्दा पनि कार्यान्वयनमा जान सकेको छैन। यसपालि पनि बीआरआईलाई लिएर ठोस कुनै निर्णय वा सम्झौता भएको छैन।

तर, दुई देशका शीर्ष कार्यकारीको भेटमा यस विषयमा पक्कै छलफल भएको छ भनेर विश्वास गर्न सकिन्छ। यसमा नेपालको चासो र आकांक्षा प्रधानमन्त्रीले व्यक्त गरेको हुनुपर्छ।

चीनले पनि अहिलेसम्म यस परियोजनामा कामै नहुनुको कारण के हो भनेर उच्चस्तरमै बुझ्ने मौका पाएको छ। यो पनि एउटा उपलब्धि नै हो। नेपालले बीआरआई किन अगाडि बढाएन त भन्ने स्पष्ट भइसकेपछि चीनले पनि पक्कै समीक्षा गर्नेछ।

चीनसँग हामीले २०७२ सालमा पारवहन यातायात सम्झौता गगर्‍यौँ तर त्यसपछि एउटा प्राटोकलमा हस्ताक्षर गर्नेबाहेक उल्लेख्य कुनै काम गरेनौँ।

रेल र अरु दीर्घकालीन योजनाको कुरा गगर्‍यौँ तर तत्काल प्रभाव पर्ने र प्रगति पनि देखिने गरी तात्कालिक योजनामा ध्यान दिएनौँ। यी व्यवहारबाट पनि चीन नेपालसँग पक्कै खुसी छैन।

हामीले चीनसँग होस् या अन्य मुलुकसँग, विकासमा साझेदारी गर्छौँ तर सुरक्षा वा सैन्य गठबन्धनमा आबद्ध हुँदैनौँ। कुनै देशको सुरक्षा योजनामा पनि संलग्न हुँदैनौँ।

त्यसैले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ जीएसआईमा नेपाल सहभागी बन्न सक्दैन, जसरी अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागिता अस्वीकार गरिसकेको छ।

चीन भने अझै आफ्ना सुरक्षा पहलहरुमा सहभागी गराउन सकिनेमा आशावादी देखिन्छ। सबै प्रकारका चिनियाँ पहलमा नेपालले साझेदारी गर्न सक्ने भन्दै केही दिनअघि नेपालस्थित चिनियाँ राजदूतले दिएको अभिव्यक्तिमा पनि यो कुरा झल्किन्थ्यो।

सारमा, कुनै पनि देशसँगको हाम्रो साझेदारी सुरक्षामा होइन, विकासमा हुन्छ। ऋणमा होइन, अनुदानमा हुन्छ। यो कुरा हाम्रा प्रधानमन्त्रीले चीनमा भनेको हुनुपर्छ। यस कुराको संकेत स्वयं प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले यसअघि नै गरिसकेका पनि हुन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com