काठमाडौं, ७ असोज । चालु आर्थिक वर्षको २ महिनामा वैदेशिक व्यापार ५।३२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष सरकारले आयात प्रतिबन्ध लगाउँदाको बेलामा भन्दा पनि वैदेशिक व्यापार घटेको हो।
गत आर्थिक वर्षमा सरकारले बढी रकमको आयात हुने गाडी लगायतका विलासिताका वस्तुमा वैशाखदेखी मंसिरसम्मै प्रतिबन्ध लगाएको थियो।
वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै नगद मार्जिन समेत राखिएको छ। तर पुस यता निर्वाध नगद मार्जिन र आयात प्रतिबन्ध हटाउँदासमेत आयात घटेको छ।








प्रतिक्रिया दिनुहोस्