ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्जमा अबैध औषधी पसलको बिगबिगी


sharan sharan

नेपालगन्ज,२५ माघ ।
बाकेको नेपालगन्ज उप–महानगरपालिकामा सञ्चालनमा रहेका ३ वटा औषधी पसलमा औषधी व्यवस्था विभागले शिलबन्दी गरेको छ ।
अनुगमनको क्रममा मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएपछि बिहीबार ३ वटा औषधी पसलमा औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको टोलीले शिलबन्दी गरेको
हो । औषधी व्यवस्था विभाग सहित सरोकारवालाहरुको टोलिले राझा चौक, नेपालगन्ज मेडिकल कलेज र भेरी अञ्चल अस्पताल अगाडि सञ्चालनमा रहेका औषधी पसलमा शिलबन्दी गरेको थियो । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ नेपालगञ्ज मेडिकल कलेज अगाडी सञ्चालनमा रहेको दर्शन मेडिकल २१ दिन, वडा नम्बर २० रा“झामा सञ्चालनमा रहेको पवन मेडिकल १५ दिन र वडा नम्बर १३ भेरी अञ्चल अस्पताल अगाडि सञ्चालनमा रहेको हेल्थ स्टार फार्मेसी ३० दिनको लागी बन्द गरिएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक यादव प्रसाद ढकालले विभिन्न समयमा गरिएका अनुगमनका ती पसलहरुमा सुचिकृत नभएका औषधी विक्रीवितरण गरिनुका साथै व्यवसायी अनुपस्थित भएको पाइएकाले कारबाही स्वरुप शिलबन्दी गरिएको बताउनुभयो ।
दर्शन मेडिकलमा मुल्य भन्दा बढी औषधी बिक्रीवितरण, व्यवसायी अनुउपस्थित रहेको, पवन मेडिकलमा सुचिकृत नभएका औषधी विक्रीवितरण गरेको र हेल्थ स्टार फार्मेसीमा सुचिकृत नभएका औषधी विक्रीवितरण तथा व्यवसायी अनुउपस्थित रहेको भन्दै तालाबन्दी गरिएको हो । अनुगमन टोलिमा औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज, बाणिज्य कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बा“के, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com