ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्जमा अबैध औषधी पसलको बिगबिगी


sharan sharan
माघ २५, २०७४ बिहीबार  १० : ४१ बजे

नेपालगन्ज,२५ माघ ।
बाकेको नेपालगन्ज उप–महानगरपालिकामा सञ्चालनमा रहेका ३ वटा औषधी पसलमा औषधी व्यवस्था विभागले शिलबन्दी गरेको छ ।
अनुगमनको क्रममा मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएपछि बिहीबार ३ वटा औषधी पसलमा औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको टोलीले शिलबन्दी गरेको
हो । औषधी व्यवस्था विभाग सहित सरोकारवालाहरुको टोलिले राझा चौक, नेपालगन्ज मेडिकल कलेज र भेरी अञ्चल अस्पताल अगाडि सञ्चालनमा रहेका औषधी पसलमा शिलबन्दी गरेको थियो । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ नेपालगञ्ज मेडिकल कलेज अगाडी सञ्चालनमा रहेको दर्शन मेडिकल २१ दिन, वडा नम्बर २० रा“झामा सञ्चालनमा रहेको पवन मेडिकल १५ दिन र वडा नम्बर १३ भेरी अञ्चल अस्पताल अगाडि सञ्चालनमा रहेको हेल्थ स्टार फार्मेसी ३० दिनको लागी बन्द गरिएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक यादव प्रसाद ढकालले विभिन्न समयमा गरिएका अनुगमनका ती पसलहरुमा सुचिकृत नभएका औषधी विक्रीवितरण गरिनुका साथै व्यवसायी अनुपस्थित भएको पाइएकाले कारबाही स्वरुप शिलबन्दी गरिएको बताउनुभयो ।
दर्शन मेडिकलमा मुल्य भन्दा बढी औषधी बिक्रीवितरण, व्यवसायी अनुउपस्थित रहेको, पवन मेडिकलमा सुचिकृत नभएका औषधी विक्रीवितरण गरेको र हेल्थ स्टार फार्मेसीमा सुचिकृत नभएका औषधी विक्रीवितरण तथा व्यवसायी अनुउपस्थित रहेको भन्दै तालाबन्दी गरिएको हो । अनुगमन टोलिमा औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज, बाणिज्य कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बा“के, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com