ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा मजदुरबीच झडप हुँदा एकको मृत्यु, तीन जना गम्भीर घाइते, १३ जना पक्राउ


abc

काठमाडौ, २  असोज । गएराति रुपन्देहीमा मजुदरहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा तीनजना गम्भीर घाइते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १३ जनलाई पक्राउ गरेको छ। उनीहरुमाथि सोधपुछ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तिलोत्तमा नगरपालिका  स्थित एक रेस्टुरेन्टमा सोमबार साँझ मादक पदार्थसहितको भोज खाएपछि मजदुरहरुले आपसमा झगडा गर्दा घटना भएको हो।

झडपको क्रममा धारिलो हतियार प्रहार हुँदा मकवानपुरको हेटौँडा घर भई रुपन्देहीको मंगलापुरमा डेरा गरी बस्दै आएका सुरेश स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरत विकले जानकारी दिए।

‘मदिरा सेवनपछि धारिलो हतियारसहित उनीहरुले आपसमा झडप गर्दा एक जनाको मृत्यु भएको छ,’ एसपी विकले नेपालखबरसँग भने, ‘घटनामा धारिलो हातियार प्रहारबाट अन्य तीनजना घाइते भएका छन्। घटनामा संलग्न भएको आशंकामा १३ जना पक्राउ परेका छन्।’

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका ९ केरवानीमा विभिन्न पेटी ठेकेदारहरुसँग मजदुरी गर्दै आएका उनीहरु विश्वकर्मा पूजापछि साँझ मदिरासहितको भोजमा बसेका थिए। त्यसक्रममा उनीहरु आपसी झडपमा उत्रिँदा घटना भएको हो।

झडपमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका स्याङ्तानलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

झडपमा परी काठमाडौं महानगरपालिका–१ का विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन्। घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए।

‘घटनास्थलबाट एउटा चक्कु बरामद भएको छ,’ डीएसपी थापाले भने, ‘मृतक र घाइते तीनै जनालाई सोही चक्कु प्रहार भएको आशंका गरिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’

मृतक स्याङतानको शव अहिले भैरहवा मेडिकल कलेजमै राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै ,सदनमा उठ्यो आवाज

नेपालगञ्‍जमा कर्फ्यू आदेश जारी

सम्बन्धित

नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै ,सदनमा उठ्यो आवाज

नेपाल ‘फ्युचर पोलिसी अवार्ड’ बाट सम्मानित

काठमाडौँबाट चिनियाँ नागरिकसहित तीनजना पक्राउ, दोलखामा ११ किलो तस्करीको सुन :

दिल्लीमा न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा, दिल्ली प्रहरीको छापा

नेपालगञ्‍जमा कर्फ्यू आदेश जारी

यो वर्ष पनि लम्बियो मनसुन, दशैँसम्मै पानी पर्ने सम्भावना कस्तो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com