ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोधारा चाँदनीमा छिट्टै सुख्खा बन्दरगाह बन्छ : भारतीय राजदूत


ABC NEWS

धनगढी १ असोज ,। कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको काम चाँडै अगाडि बढ्ने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । सोमबार सुख्खा बन्दरगाह निर्माणस्थलमा पगेर राजदूत श्रीवास्तवले विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम अन्तिम अवस्थामा पुगेकाले छिट्टै निर्माण कार्य अगाडि बढ्ने बताएका हुन् ।

‘दुई देशबीच डीपीआरमा सहमतिपश्चात निर्माण कार्य तत्कालै सुरु हुनेछ,’ श्रीवास्तवले भने, ‘सुख्खा बन्दरगाहले नेपाल र भारतबीचको व्यापारसँगै आर्थिक सम्बन्ध समेत बढाउनेछ ।’ उनले डीपीआर निर्माणको जिम्मा राइट कन्सल्ट्यान्टले पाएको र एक चरणको डीपीआर परिवर्तन गरेर अर्को चरणको निर्माण कार्य भइरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला दोधारा चाँदनीमा ३ वर्षभित्र सुख्खा बन्दरगाह निर्माणका लागि सहमति भएको थियो । सहमतिअनुसार सुख्खा बन्दरगाहको निर्माण भारतले र्नै गर्नेछ । त्यहीअनुसार भारतीय पक्षबाट अहिले डीपीआर निर्माणको काम भइरहेको हो ।

‘भारत सरकारको अनुदानमा यसअघि पनि चार वटा एकीकृत जाँच केन्द्र निर्माण भइसकेका छन्,’ श्रीवास्तवले भने, ‘दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार यहाँ पनि चाँडै एकिकृत जाँच चौकी र सुख्खा बन्दरगाहको काम गरिनेछ ।’

राइट कन्सल्ट्यान्टको टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधि तथा कर्मचारीसँग छलफल गरिसकेको राजदूत श्रीवास्तवले बताए । योजनामा स्थानीयलाई कसरी फाइदा पुग्छ भन्ने विषयमा पनि छलफल भएको श्रीवास्तवले बताए ।

राजदूत श्रीवास्तवले विकास निर्माणको योजना होस् वा आपसी सम्बन्धका विषयमा सहकार्य गर्न भारत तयार रहेको बताए । उनले एकीकृत जाँच चौकी निर्माणले दुई मुलुकबीचको सम्बन्ध अझ उचाइमा पुग्ने बताए । खासगरी सुदूरपश्चिम र भारतको उत्तराखण्ड तथा उत्तर प्रदेशसॅंग व्यापार व्यवसाय बढने अपेक्षा गरिएको उनले बताए । व्यापारिकसँगै स्थानीय स्तरको सम्बन्ध पनि सुदृढ हुने उनले बताए ।

त्यसअघि राजदूत श्रीवास्तवले भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवनको उद्घाटन गरेका थिए । उनले बेलडाँडी र भीमदत्त नगरपालिकामा निर्माण भएको विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com