ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोधारा चाँदनीमा छिट्टै सुख्खा बन्दरगाह बन्छ : भारतीय राजदूत


ABC NEWS
आश्विन १, २०८० सोमबार   ८ : ०१   बजे

धनगढी १ असोज ,। कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको काम चाँडै अगाडि बढ्ने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । सोमबार सुख्खा बन्दरगाह निर्माणस्थलमा पगेर राजदूत श्रीवास्तवले विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम अन्तिम अवस्थामा पुगेकाले छिट्टै निर्माण कार्य अगाडि बढ्ने बताएका हुन् ।

‘दुई देशबीच डीपीआरमा सहमतिपश्चात निर्माण कार्य तत्कालै सुरु हुनेछ,’ श्रीवास्तवले भने, ‘सुख्खा बन्दरगाहले नेपाल र भारतबीचको व्यापारसँगै आर्थिक सम्बन्ध समेत बढाउनेछ ।’ उनले डीपीआर निर्माणको जिम्मा राइट कन्सल्ट्यान्टले पाएको र एक चरणको डीपीआर परिवर्तन गरेर अर्को चरणको निर्माण कार्य भइरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला दोधारा चाँदनीमा ३ वर्षभित्र सुख्खा बन्दरगाह निर्माणका लागि सहमति भएको थियो । सहमतिअनुसार सुख्खा बन्दरगाहको निर्माण भारतले र्नै गर्नेछ । त्यहीअनुसार भारतीय पक्षबाट अहिले डीपीआर निर्माणको काम भइरहेको हो ।

‘भारत सरकारको अनुदानमा यसअघि पनि चार वटा एकीकृत जाँच केन्द्र निर्माण भइसकेका छन्,’ श्रीवास्तवले भने, ‘दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार यहाँ पनि चाँडै एकिकृत जाँच चौकी र सुख्खा बन्दरगाहको काम गरिनेछ ।’

राइट कन्सल्ट्यान्टको टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधि तथा कर्मचारीसँग छलफल गरिसकेको राजदूत श्रीवास्तवले बताए । योजनामा स्थानीयलाई कसरी फाइदा पुग्छ भन्ने विषयमा पनि छलफल भएको श्रीवास्तवले बताए ।

राजदूत श्रीवास्तवले विकास निर्माणको योजना होस् वा आपसी सम्बन्धका विषयमा सहकार्य गर्न भारत तयार रहेको बताए । उनले एकीकृत जाँच चौकी निर्माणले दुई मुलुकबीचको सम्बन्ध अझ उचाइमा पुग्ने बताए । खासगरी सुदूरपश्चिम र भारतको उत्तराखण्ड तथा उत्तर प्रदेशसॅंग व्यापार व्यवसाय बढने अपेक्षा गरिएको उनले बताए । व्यापारिकसँगै स्थानीय स्तरको सम्बन्ध पनि सुदृढ हुने उनले बताए ।

त्यसअघि राजदूत श्रीवास्तवले भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवनको उद्घाटन गरेका थिए । उनले बेलडाँडी र भीमदत्त नगरपालिकामा निर्माण भएको विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group