ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका १८ पालिकाले स्मार्ट सडकबत्ती र चार्जिङ स्टेसन राख्न प्रक्रिया सुरु गर्ने


एबीसी न्यूज

काठमाडौ, १ असोज । उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले स्मार्ट सडकबत्ती, हाइमास्ट स्मार्ट सडकबत्ती र चार्जिङ स्टेसन जडानका लागि सबै नगरपालिकाहरू तयार भएको बताए । फोरमको अध्यक्षसमेत रहेका ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले उपत्यकाका नगरपालिकाहरुले स्मार्ट सडकबत्ती जडानका लागि स्मार्ट सडकबत्तीका लागि बजेट छुट्याएर काम गरेको बताए ।

‘धेरैजसो पालिकाहरूले बजेट छुट्याउनुभएको छ, नछुट्याउनु भएकाले पनि बजेट व्यवस्थापन गरेर काम गर्ने छलफल भएको छ‚’ उनले भने ।

फोरमको बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत बोलाएर छलफल गरेको थियो ।

छलफलमा घिसिङले सडकबत्तीका एकमुस्ट टेन्डर गर्न सकिने बताएका थिए । कुलमानको प्रस्तावपछि नगरहरूले सोहीअनुसारको तयारी गरेका छन् ।

‘धनगढीमा सडकबत्ती बल्यो कि बलेन भनेर काठमाडौंबाटै हेर्न मिल्ने अवस्था छ, यस्तो बेलामा राजधानी सहर नै अँध्यारोमा बस्न हुँदैन,’ उनले भने । घिसिङले सबै पालिकाहरूसँग सहकार्य गरी स्मार्ट सडक बत्ती जडानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनलगायत विषयमा समेत चर्चा भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बैठकमा विद्युतीय सवारीको माग र प्रयोग अत्यधिक बढिरहेकाले उपत्यकाको ठाउँ ठाउँमा चार्जिङ स्टेसन राख्नुपर्ने बताएका थिए ।

‘विद्युतीय गाडीको माग अत्यधिक बढेको छ, चार्जिङ स्टेसनका लागि पालिकाहरूले संयुक्त लगानी गर्न गर्नुहोस्‚’ बैठकमा कुलमान घिसिङले भने । त्यस्तै मेयर्स फोरमको बैठकले उपत्यकाको वायु गुणस्तर व्यवस्थापनका लागि उपत्यका सबै पालिकाले आवश्यक पहल गर्ने र वातावारणसँग काम गर्ने संघसंस्थासँग सहकार्य गर्ने निर्णय गरेको छ ।

वातावरणविज्ञ भूषण तुलाधारले उपत्यकामा वायु प्रदूषणको अवस्थाबारे जानकारी गराएका थिए । वातावरण संरक्षणका लागि केही पालिकाहरूले गरेका असल अभ्यासको उदाहरण दिँदै काठमाडौंको हावा स्वच्छ बनाउन पालिकाहरूले धेरै काम गर्न सक्ने उनले बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com