ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनतस्करको संरक्षणदेखि क्रिप्टोमा लगानी गर्थे दावा, किशोर बस्नेत र पेम्बालाई दिन्थे प्रतिकिलो २० हजार


abc

काठमाडौं, २९ भदौ ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झण्डै ६१ किलो सुन प्रकरणमा आइतबार अभियोग पत्र दायर गर्ने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्रको अन्तिम तयारी सरकारी वकिल कार्यालयले गरिरहेको छ।

सुन तस्करी प्रकरणमा सीआईबीले तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङलाई पनि प्रतिवादी बनाएका छ।

दावा यसअघि भएको भेपको ९ किलो सुन तस्करी प्रकरणमा पनि संलग्न रहेको अभियोग पत्रमा उल्लेख छ। यस्तै उनले ब्रेकप्याडमा सुन तस्करी गर्ने समूहलाई पनि संरक्षण गरेको आरोप छ।

‘प्रतिवादी दावा छिरिङले चाइनिज नागरिकहरु मि टिन, याङ वेन, याओ पुचेङलाई आफूले सञ्चालन गरेको होटल भियनामा संरक्षण दिई दैनिक जसो होटलका कोठाहरु परिवर्तन गराई होटलमा लुकाई राखी संरक्षण गरेको, प्रतिवादी किशोर बस्नेतलाई चाइनिज नागरिकहरुलाई भारतसम्म लैजाने व्यवस्थापन गर्न निर्देशन दिएको, चाइनिज नागरिक गोम्बोसँग मिलि सुन गाल्ने केमिकल मगाई प्रतिवादी किशोर बस्नेतलाई काठमाडौंको संचयकोष भवन नजिकबाट ठमेलस्थित होटल भियनासम्म ल्याउन लगाई सो बापत किशोर बस्नेतलाई २० हजार रुपैयाँ दिएको पाइयो’, अभियोगपत्रमा उल्लेख छ।

यस्तै किशोर बस्नेत र पेम्बा दोर्जे शेर्पालाई सुनको बिस्कुट भएको फोटो देखाई सुन खरिद गर्ने मानिस खोज्नु भनी निर्देशन दिएको समेत खुलेको छ। त्यसबापत किशोर बस्नेत र पेम्बालाई प्रतिकेजी २० हजार रुपैयाँ कमिसन दिने गरेका थिए।

दावा छिरिङको मोबाईल परीक्षण गर्दा त्यहाँ समेत थप प्रमाण प्रहरीले फेला पारेको छ। दावाको मोबाईलको गुगल ब्राउजरमा ‘गोल्ड रेट टुडे, गोल्ड प्राइज इन नेपाल टुडे, १ केजी गोल्ड प्राइज इन इण्डिया’ भनि खोजि गरेको भेटिएको छ।

यस्तै मोवाइलमा ‘युछिन गोल्ड १ किलो’ लेखिएको सुनको फोटो पनि फेला परेको छ। अर्को बाक्सामा सुन भएको फोटो चिनियाँ नागरिक आगो भन्ने वेङ जिङ्गाउ ले पठाएको पाइएको छ।

यस्तै उनले म्यासेजमा कुराकानी गरेका छन्, ‘भाइ सुनन रेट के होरु यो २र३ दिनमा सामान कति ७ किलो जति दिएछ, ५ किलो दिएको छ। पार्टीले किनिराछ। हिजो र अस्तिमा कति किलो किनेको छ भने ६५ किलो किनेको छ।’

२० जुलाईमा हङकङबाट नेपाल क्यारी अन ले नेपाल डेलिभर गर्न लागेको वा पछि रद्द गरेको विषयका विवरण पनि दावाको मोवाइलमा फेला परेको छ।

अनुसन्धान भएको विमानस्थलबाट इलेक्ट्रिक सिग्रेट भेपमा सुन लुकाई छिपाई ल्याएको सुटकेश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिए पश्चात चाईनिज नागरिक लि फुचेङले सो सामानको फोटो पठाएको र भेपको विवरण पनि दावासँग फेला परेको छ।

यस्तै वीच्याटमा चिनका अरु सुन तस्कर झुसँग कुरा गरेको, विवरण उनलाई पठाएको देखिएको लगायतका काराण दावा सुन तस्करीमा संलग्न रहेको अभियोग छ।

यस्तै त्यसवापत प्राप्त गरेको रकम लुकाउन छिपाउनको लागी अबैध रुपमा क्रिप्टोमा लगानी गरेको समेत पुष्टी भएको अभियोगमा दाबी छ।

अबैध सुनको कारोबारको क्रममा संगठित समूहका सदस्यहरु मध्ये प्रतिवादी स्टेप्स अथवा रोगर भन्ने लि नेङ्काई र अबैध सुन किन्ने सर्राफबिच क्रिप्टोको कारोबार भएको समेत देखिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

शिव कुमारले व्यवस्थापकको भूमिका निभाए बापत युएसडिटी मार्फत रकम प्राप्त गर्ने गरेको पुष्टी भएको उल्लेख छ।

दावा छिरिङले झुठो ब्यहोराको कागजहरु बनाई जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकबाट निमा तामाङको नामबाट नेपाली नागरिकताको प्रमाण पत्र समेत लिएको खुलेको छ। दावा छिरिङले नेपालमा बसी अवैध कारोबार गर्नको लागी संजाल बिस्तार गर्नको लागी नेपाली नागरिकता बनाएको पुष्टी भएको अनुसन्धान प्रतिवेदनमा दाबी छ।

दावा छिरिङले होटल संचालन गरी सो होटलको नामबाट प्रतिवादी याओ पुचेङ समेतलाई भारतीय नागरिकको आधार कार्ड राखी होटल बुक गराई दैनिक जस्तो कोठा परिवर्तन गराई लुकाई संरक्षण गरेको आरोप पनि अभियोग पत्रमा छ।

‘आपराधिक समूहसँग प्रत्यक्ष रुपमा संलग्न रही सोही समूहबाट आपराधिक लाभ लिई समूहका सदस्यहरुलाई परिचालित गरी संरक्षण दिएबाट संगठित समूहमा रही अवैध सुनको कारोबारमा संलग्न रहेको पुष्टी हुन आयो’, दावाको संलग्नताबारे अभियोग पत्रमा उल्लेख गरिएको छ।

दावाकी पत्नी अमला रोकालाई पनि प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ। उनले पनि तस्करीमा संलग्न व्यक्तिहरुसँग पटक–पटक सम्पर्क गरेको खुलेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकारेका छौं– एमसीसी प्रमुख कार्यकारी अधिकृत अलब्राइट

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

सम्बन्धित

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाद्धारा स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com