ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यविभाजनले एकीकृत समाजवादीमा असन्तुष्टि, दुई केन्द्रीय सदस्यले छाडे पार्टी


एबीसी न्यूज

काठमाडौं, २९ भदौ । सत्तारुढ नेकपा एकीकृत समाजवादीमा नयाँ कार्यविभाजनले विवाद निम्त्याएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको ११औँ अन्तरपार्टी निर्देशन अपानीले विवाद निम्त्याएको हो ।

एकीकृत समाजवादीको सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । यस पटक संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको नेपालले जारी गरेको अपानिमा उल्लेख छ ।

कार्यविभाजनमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरू राजु गुरुङ र सावित्री मल्लले पार्टी परित्यागको घोषणा गरेका छन् । दैलेख सहइन्चार्ज र क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी पाएकी मल्लले सक्रिय राजनीतिबाट बिदा लिने निर्णयमा पुगिएको बताएकी छन् ।

“राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन तर आजका मितिदेखि नेकपा ९एकीकृत समाजवादी० पार्टीको सक्रिय राजनिीतिबाट विश्राम लिने निर्णय गरियो,” उनले फेसबुकमा लेखेकी छन् ।

त्यस्तै लुम्बिनी प्रदेशसको सचिवको जिम्मेवारी पाएका गुरुङले पनि पार्टी परित्याग गरेको जानकारी नेताहरूलाई गराएका छन् ।

पार्टी एक नेताका अनुसार नेताहरूको कार्यविभाजनमा अध्यक्ष नेपालले एकलौटी गरेका छन् । निर्णय सच्याउन पार्टीमा नेताहरूले दबाब दिइरहेका छन् ।

“पहिले इन्चार्ज भएकाहरूलाई सहइन्चार्ज बनाइएको छ । केहीको जिम्मेवारीबाट हटाइएको छ । नयाँलाई जिम्मेवारी तोकिएको छ,” एक केन्द्रीय नेताले बाह्रखरीसँग भने, “एकलौटी ढंगले निर्णय गरिएकोमा असन्तुष्टि हो । निर्णय सच्याउनुपर्छ ।”

एकलौटी ढंगले निर्णय गरिएको भन्दै सम्मानित नेता झलनाथ खनाल पनि असन्तुष्ट छन् । खनालले आजै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको उनी निकट नेताले जानकारी दिए ।

त्यस्तै, अध्यक्ष नेपालका स्वकीय सचिवसमेत रहेका नेता मोहन गौतमले नमिलेका विषय सच्याउन सकिने बताएका छन् ।

उनले निर्णय सच्याउन नेतृत्वलाई आग्रह पनि गरेका छन् । चित्त नबुझेका कुरा पार्टी कमिटीमा राख्न समेत आग्रह गरेका छन् ।

“अपानि भनेको तत् समयको कामको निर्देशन र विन्यास हो, यसमा केही नमिलेका विषयहरू स्थापित विधिमार्फत नै सच्याउन पनि सकिन्छ । यस्तै मनोनयनमा पनि कमजोरी हुनसक्छन् ।

हामी महाधिवेशनको सम्मुख छौँ र धेरै विषय ९नीति र नेतृत्वसहित०को फैसला महाधिवेशनले गर्ने नै छ,” उनले फेसबुकमा लेखेका छन्, “अतः चित्त नबुझेका विषयहरू पद्दतिसंगत रूपमा कमिटी वा पार्टीका फोरमहरूमा राखौं । महाधिवेशनबाट नयाँ ढंगले समाजवादी आन्दोलन अघि बढाउने दृढतासहित बहसको आरम्भ गरौं र सोही अनुसारको संगठन बनाऔं ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com