काठमाडौ २७ भदौ । स्व. एमाले नेता सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि नेपाल फर्किएका छन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा बेलायतबाट आज आइपुगेका हुन् ।स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरुको विवाह भएको छैन ।
मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् ।कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन् । केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका कान्छा छोरा सुहाङ बुबाको निधनको खबर पाएपछि उनी भ्रमण रद्द गरेर फर्किएका हुन् । दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।नेम्वाङलाई हृदयघात हुँदा घरमा श्रीमती र छोरीहरू थिए । छोरीहरूले उनलाई अस्पताल पुर्याएका हुन् ।
हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुने पारिवारिक स्रोतले जानकारी दियो । सरकारले नेम्वाङको राजकीयसम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । भोलि उनको निधनको शोकमा सार्वजनिक विदासमेत दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्