ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा


abc

काठमाडौ २६ भदौ । सुवासचन्द्र नेम्वाङको शव श्रद्धाञ्जली अर्पणका लागि नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट नेपाली सेनाको टोलीले नेम्वाङको शव च्यासल पुर्याएको हो ।घरको शौचालयमा राति १ बजेतिर बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १स्५० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

नेम्वाङको निधनको खबर पाएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु अस्पताल पुगेका थिए । मन्त्रिपरिषद्को बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

सरकारले राजकीय सम्मान दिने निर्णय गरेसँगै शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । नेम्वाङको शव भोलि दिउँसोसम्म पार्टी कार्यालयमा राख्ने एमालेले जनाएको छ । श्रद्धाञ्जली अर्पण गर्न नेता–कार्यकर्ताहरु एमाले केन्द्रीय कार्यालयमा भेला भएका छन् ।संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको ह्यदयघातका कारण गएराति निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

सम्बन्धित

एमाले वाग्मतीको नजरमा कांग्रेस : सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक

पूर्वप्रधानमन्त्री र मुख्य सचिवलाई साक्षी मात्र बनाएकोमा सर्वोच्चले सोध्यो कारण

सर्वोच्चले सोध्यो– ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा किन चलेन ?

सर्वोच्चले पूर्वप्रधानमन्त्री नेपाल ,र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग्यो :ललिता निवासमा प्रकरण

सरकारसँगको सहमतिमा किन असन्तुष्ट छन् राहत शिक्षक ?

प्रधानमन्त्रीको चीन भ्रमण : के छ १३ बुँदे संयुक्त विज्ञप्तिमा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com