काठमाडौ २६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रदाञ्जली अर्पण गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले नेम्वाङप्रति श्रदाञ्जली र उहाँको परिवारप्रति समवेदना व्यक्त गरेका हुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी रहेको भन्दै नेम्वाङको स्मरण गरेका छन् ।
अध्यक्ष ओलीले मंगलवार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताएका छन् । निधनको खबर लगत्तै अस्पताल पुगेका अध्यक्ष ओलीले मृदुभाषी र शालीन साथी सुवास नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्