ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाको भगवती दल गणमा सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न


एबीसी न्यूज

पोखरा, २५ भदौ । नेपाली सेनाको श्री भगवती दल गण, फूलबारी ब्यारेक पोखरामा सञ्चालित सि.सं. २ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सोमबार सम्पन्न भएको छ ।२०७९ मंसिर १ गतेदेखि सुरु भएको तालिमको सोमबार अन्तिम दलेल कवाज सम्पन्न भएको हो ।

तालिममा ९६ जना सैन्य शिक्षार्थी सहभागी थिए । तालिमको समापनका अवसरमा बोल्दै नेपाली सेना श्री नं। २३ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी सुरेश आचार्यले राष्ट्रको मेरुदण्ड सेना हो भने सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित तथा कर्तव्यनिष्ठ सिपाही हो भन्ने तथ्यलाई हरहमेसा मनन् गर्न निर्देशन दिए ।करिब ९ महिनाको कठोर तालिमपश्चात् अन्तिम कवाज सम्पन्न गरेकोमा बधाई दिँदै महासेनानी आचार्यले अभिभावकहरूलाई धन्यवाद तथा तालिमका सहभागी सिपाहीहरुलाई शुभकामना समेत दिएका थिए ।

तालिममा सहभागी शिक्षार्थीमध्ये सैन्य कविराज अधिकारी सर्वोत्कृष्ट शिक्षार्थी बन्न सफल बनेको छन् । सोमबार सम्पन्न अन्तिम दलेल कवाज कार्यक्रममा नवनियुक्त तालिमे सिपाहीहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । नेपाली सेना, भगवती दल गण, फूलबारी ब्यारेकका गणपति प्रमुख सेनानी सञ्जयकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बानियाँ, राष्ट्रिय अनुसन्धान विभाग, कास्कीका प्रमुख, उप अनुसन्धान निर्देशक उत्तम खनाल, जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकलगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com