ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यलाई चुनौती दिँदै वैदेशिक रोजगारीमा पठाउने नाममा नक्कली विज्ञापन


एबीसी न्यूज

काठमाडौं, २५ भदौ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा अवसर भन्दै नक्कली विज्ञापनको बिगबिगी बढेको छ । राज्य संयन्त्रलाई नै चुनौती दिने गरी नक्कली विज्ञापन निकाल्दै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती सूचना प्रकाशित हुन थालेको हो ।

कोरियामा मौसमी कामदार पठाउने, जर्मनीमा समेत कामदार माग र इजरायलमा थप केयरगिभरको आवश्यकता जस्ता सूचना प्रकाशित गरिएको हो । नियोजित रूपमा शृखंलाबद्ध तरिकाले वैदेशिक रोजगारीका नाममा नक्कली सूचना सार्वजनिक भएका हुन् ।

केही दिन अगाडि कोरियामा मौसमी कामदार माग भएको भन्दै ईपीएस कोरिया शाखाको नक्कली पत्रमार्फत सूचना प्रकाशित गरिएको थियो । त्यस्तै जर्मनीमा समेत ३ हजार जनालाई नेपाली सहायक कामदार केयरगिभर को रूपमा माग आएको भन्दै आवेदन आह्वान गरिएको थियो । जसमा तलब मासिक २ हजार अमेरिकी डलर हुने भनिएको थियो ।

त्यस्तै इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको माग भएको भन्दै अर्को सूचना सार्वजनिक भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र यसरी वैदेशिक रोजगार विभागलाई चुनौती दिने गरी नक्कली सूचना सार्वजनिक भइरहेको हो ।

सरकारको तर्फबाट कुनै पनि पहल नभइरहेको अवस्थामा सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सार्वजनिक हुन थालेको हो । जर्मनले केही महिना अगाडि नेपाली कामदार लैजाने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावबारे हाल दुवै देशका निकायबीच छलफल भइरहेको छ । तर, हालसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । तर, सामाजिक सञ्जालमा भने ३ हजार कामदारको माग गर्दै नक्कली सूचना सार्वजनिक गरिएको हो । वैदेशिक रोजगार विभागबाट जारी भएको सूचना भन्दै नक्कली विज्ञापन सार्वजनिक भएको हो ।

त्यस्तै दक्षिण कोरियामा समेत मौसमी कामदार माग भएको भन्दै नक्कली सूचना सार्वजनिक गरिएको थियो । मन्त्रालय र विभागले यस्ता सूचनाको पछि नलाग्न सबैमा अनुरोध गरेका छन् ।

उक्त नक्कली विज्ञापन गर्नेलाई विभागले अनुसन्धानको दायरमा ल्याएको जनाएको छ । प्रचलित कानुन विपरीत भएका तथा हुने गतिविधिहरूलाई नियन्त्रण गर्न मन्त्रालय सदैव क्रियाशील रहेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । हालसम्म १११ वटा मुलुकमा वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरिएको छ । व्यक्तिगत रूपमा भने १७८ वटा देशहरूमा नेपाली नागरिक वैदेशिक रोजगारीका गएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com