ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय र निर्वाचन प्रणाली दोषपूर्ण रहेकोले सच्याउनु पर्छ : यादव


एबीसी न्यूज

काठमाडौं, २५ भदौ । विराटनगरमा सोमबार पत्रकारसँगको कुराकानीमा अध्यक्ष यादवले कोशी प्रदेशमा गठबन्धनको निर्णय सही र गलतभन्दा पनि संसदीय व्यवस्थाको संरचनामा नै पुनर्विचार गर्नुपर्ने बताएका हुन् । संसदीय व्यवस्थामा बहुमत प्राप्त दलले सरकारमा बस्ने र बहुमत प्राप्त गर्न नसकेपछि मध्यावधि चुनावमा जानुपर्ने होइन ? उनले भने, अहिलेको संविधानमा मध्यावधिमा जान पाँच स्टेप तल पुर्‍याउनने विषय नै त्रुटिपूर्ण हो ।

कोशी प्रदेशमा अहिले देखिएको समस्या राजनीतिक भएकोले त्यसलाई राजनीतिक दलले राजनीतिक रूपमा नै समाधान गर्नुपर्ने यादवको भनाइ थियो । कोशी प्रदेशमा देखिएको राजनीतिक मुद्दा अदालतमा पुर्‍याउनु हुँदैन थियो, उनले भने, राजनीतिक मुद्दा नेताले राजनीतिक रूपमा समाधान गर्न नसकेरै अदालतमा जाने र त्यसरी नै न्यायिक विषय राजनीतिमा आउने गरेको छ जुन उचित होइन त्यसलाई अन्त्य गरेर अघि बढ्नुपर्छ ।ु

संविधानमा भएको त्रुटिपूर्ण शासकीय संरचना र निर्वाचन प्रणालीले नै कोशीमा राजनीतिक अस्थिरता, अन्योलता र विकृतिपूर्ण भएको अध्यक्ष यादवले बताएका हुन् । त्यसैले संशोधन गरेर संविधानमा भएको शासकीय संरचना र निर्वाचन प्रणालीमा फेरबदल गरेर अघि बढ्नुपर्ने उनले बताए ।

कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरता राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अन्त्य गर्नुपर्ने यादवको भनाइ थियो । उनले कोशीमा अहिले देखिएको समस्या राजनीतिक भएकाले दलहरूले राजनीतिक रूपमा नै सहमति, सहकार्य र साझेदारी गरेर समाधान गरेर जनभावना अनुसार प्रदेशको काम अघि बढाउनु पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com