ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६१ किलो सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थल भन्सारमा बुझाएको ‘एयर वे बिल’ नै नक्कली


एबीसी न्यूज

काठमाडौं, २५ भदौ । राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन भित्र्याइँदा तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाएको ‘एयर वे बिल’ पूर्व विवरण नक्कली रहेको पाइएको छ । तस्करले बुझाएको ‘एयर वे बिल’ नक्कली रहेको हङकङ भन्सारले पुष्टि गरेको हो ।

हङकङले उक्त जानकारी भन्सार विभागलाई दिएको छ । “तस्करहरूले जुन एयर वे बिल भन्सारमा बुझाएका थिए, बिल र त्यहाँ भएको विवरण नक्कली भएको हङकङ भन्सारले जानकारी दिएको छ,” भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने ।

गएको साउन २ गते अवैध रूपमा ल्याइएको करिब ६१ किलो सुन भन्सार जाँचपास भइसकेको अवस्थामा राजस्वको टोलीले बरामद गरेको थियो । मोटरसाइकलको ब्रेक सुमा राखी तस्करले सुन भित्र्याएका थिए । पछि सुन गाल्दा करिब ६१ किलो निस्किएको थियो ।

उक्त सुनका विषयमा हङकङलाई पत्र लेखी अनुसन्धानमा सघाउन भन्सार विभागले आग्रह गरेको छ । हङकङ भन्सारले पत्रको जवाफ पठाउँदै अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ ।

विभागले ‘लिड विथआउट ब्याट्री भनेर किन सुन पठाएको रु’ भन्दै हङकङ भन्सारलाई प्रश्न सोधेको थियो । हङकङबाट उक्त सुन नेपाल ल्याइँदा ‘मेनिफेस्टो’मा ‘लिड विथआउट ब्याट्री’ लेखिएको थियो । अरू कागजातमा ‘ब्रेक सु’ लेखिएको थियो ।

अनुसन्धानमा सघाउने वचन दिएको हङकङले विभागसँग ‘एयर वे बिल’ मागेको थियो । हवाईजहाजबाट सामान ल्याउँदा सम्पूर्ण विवरण खुल्ने कागजात नै एयर वे बिल हो ।

एयर वे बिलका आधारमा हङकङ भन्सारले थप अनुसन्धान गर्ने र त्यसबाट पत्ता लागेको विषय विभागसँग सेयर गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसपछि विभागले एयर वे बिल हङकङ पठाएको थियो ।

हङकङ भन्सारले अनुसन्धानपछि ती सम्पूर्ण कागजात नक्कली भएको जानकारी विभागमा पठाएको महानिर्देशक पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com