काठमाडौं,२४ भदौ । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतले आइतबार धरौटीमा छाड्न आदेश दिएको छ।
पक्राउ परेका १७ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
न्यायाधीश भोलानाथ ढकालको इजलासले दिएको उक्त आदेशमा मुख्य योजनाकार देखाइएका मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको छ।
कलाधर देउजा र विनोद पौडेलसँग अदालतले १५र१५ लाख, लोकहरी घिमिरे, अरुणकुमार श्रेष्ठ, नारायणराज मिश्र, योगराज पौडेल, गोपाल कार्की, घमनकुमार कार्की, बालकृष्ण श्रेष्ठ र रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजारका दरले धरौटी माग गरिएको छ।
यस्तै, शिवजी भट्ट, ध्रुबप्रसाद अर्यालसँग ३ लाख ५० हजार र सञ्जयकुमार महर्जन, सकलानन्द महर्जन, देवनारायण महर्जन, बाबुराजा महर्जनसँग १ लाख १० हजार रुपैयाँका दरले धरौटी माग गर्ने आदेश भएको छ।
यो मुद्दामा मृतक २१ सहित ३ सय १० जनालाई प्रतिवादी बनाइएको भएपनि अन्य फरार छन्।
प्रतिक्रिया दिनुहोस्