ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निरंकुश राजतन्त्रका दलालले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकरी हाने : प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं,२४ भदौ ।  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि ‘निरंकुश राजनीतिक दलालले खुकुरी हानेको’ आरोप लगाएका छन् । आइतबार मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले यो घटनाबाट सबै सचेत हुनुपर्नेमा जोड दिए ।

“निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हानेको घटना सामान्य होइन । यसबाट तपाईं–हामी सचेत हुनैपर्छ,” उनले भने ।

केही समययता सामाजिक सञ्जालमा प्रतिक्रान्तिकारीको मनोबल बढेको उनले बताए । हेर्नै नसकिने चित्रहरू सामाजिक सञ्जालमा राखिएको उनले गुनासो गरे ।

“सोसल मिडियामा सुन्नै नसकिने, चित्र हेर्‍यो भने हेर्नै नसकिने, लाजैमर्दो हेर्न परिराखेको छ,” उनले भने, “किनकि, हामी कमजोर देखिएपछि कसरी प्रतिक्रान्तिकारीहरूको मनोबल हुँदो रहेछ ।”

उनले लाखौँ जनतालाई सडकमा उतार्ने विषय दोहोर्‍याए । राष्ट्रियता, जनजीविकाका विषयमा जनतालाई सडकमा उतारेर ‘राजतन्त्रका दलालको सात्तो जाने गरी प्रदर्शन गरिने’ उनको भनाइ छ ।

प्रचण्डले समाजवादी मोर्चाको ऐतिहासिक महत्त्व रहेको जिकिर गरे । “समाजवादी मोर्चाको ऐतिहासिक, रणनीतिक महत्त्व छ । जनताको गणतन्त्र बनाउने दायित्व हाम्रो काँधमा छ,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com