ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डीएसपी र परिवारलाई ज्यान मार्ने कांग्रेस सांसदको धम्की


एबीसी न्यूज

काठमाडौं,२४ भदौ । कोसी प्रदेश सभामा नेपाली कांगे्रेसका सांसद खगेनसिंह हाङगाम प्रहरीविरुद्ध दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

हाङगाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । सांसद हाङगामले केही दिनअघि जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बू र उनको परिवारका सदस्यलाई लक्ष्य गरी ज्यान मार्ने धम्की दिएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ ।

डीएसपी र उनका परिवारलाई लक्षित गरी ‘ज्यान मार्ने धम्की दिँदै गरेको’ भिडियोमा देख्न सकिन्छ । भदौ २१ मा ताप्लेजुङ सदरमुकाम फुङलिङमा लाखे मेलाको अन्तिम दिन थियो । त्यहाँ सादा पोशाकमा प्रहरी खटिएका थिए । प्रहरीले स्थानीयलाई जिस्क्याएको सांसद हाङगाम र उनी पक्षधर युवाको आरोप छ ।

त्यसलगत्तै प्रहरीले सांसदको घर रातभर घेराउ गरेर धम्की र मानसिक तनाव दिएको हाङगामको दाबी छ । “प्रहरीले बखेडा झिकेको हो त्यही भएर मैले पनि जवाफ दिएको हुँ,” हाङगामले भने, “मेलाको रिस साँध्न प्रहरीले एकसय जनाभन्दा धेरै स्थानीयलाई निर्मम ढंगले कुटपिट गरेको छ ।”

एकजना प्रहरी जवानले युवतीलाई दुर्व्यवहार गरेको घटना देखेपछि काठमाडौंबाट पाहुनाको रुपमा ताप्लेजुङ आएका व्यक्तिले ‘यो गलत भयो’ भन्दा निर्मम कुटपिट गरेको हाङगामले दाबी गरेका छन् । “कुटपिट भएको घटनाबारे आफूलाई फोन आएपछि त्यहाँ गएको र त्यस क्रममा प्रहरीसँग उपस्थित युवाबीच ठेलमठेल चलेको हो,” उनले भने,“म घर फर्किएपछि प्रहरी आएर फेरि मेरो घरमा ढुंगा र बोतल हान्ने काम गरियो ।”

प्रहरीले भने ताप्लेजुङमा सुरक्षा व्यवस्था बिग्रन नदिन प्रहरीले आफ्नो कर्तव्य पालना गरेको जनाएको छ । त्यही क्रममा सांसद हाङगाम र उनी समर्थक युवाले सुरक्षा व्यवस्था खलल गर्न खोजेको बताइएको छ । ताप्लेजुङमा प्रदेश सांसद र प्रहरीबीचको विवाद समाधान गर्न प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com