ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको भन्सारसँग लागुऔषध पुगेको विषयमा नेपाल प्रहरीले माग्यो विवरण


abc

काठमाडौं,२४ भदौ । काठमाडौंबाट हङकङ पठाएको सामानमा लागुऔषध भेटिएको घटनाबारे आधिकारिक जानकारी माग गर्दै नेपाल प्रहरीले पत्र पठाएको छ। हङकङको अध्यागमन विभागलाई पत्र पठाउँदै नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले विवरण माग गरेको हो।

‘हामीलाई नेपालकै कार्गो कम्पनीले दिएको जानकारीका आधारमा अनुसन्धान गरिरहेका छौं। त्यहाँबाट आधिकारीक जानकारी आएको होइन। अहिले हामीले कुन लागुऔषध के कति परिणाममा पुगेको भनेर आधिकारीक जानकारी मागेका हौं’, लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोबिन्द थपलियाले जानकारी दिए।

नेपालबाट कार्गो कम्पनीमार्फत बुक कभर भनेर पठाएको सामानमा हङकङ विमानस्थलमा भन्सारले चेकजाँच गर्दा लागुऔषध गाँजा फेला परेको थियो। सोही विषयमा अनुसन्धान गरिरहेको ब्यूरोले त्यहाँको भन्सारसँग विवरण माग गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले चेकजाँच गर्ने भएपनि लागुऔषध छिरेपछि प्रहरीमाथि पनि अनुसन्धान भइरहेको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोले छुट्टा छुट्टै छानबिन समिति बनाएर यो घटनाबारे छानबिन गरिरहेका छन्।

विमानस्थल सुरक्षा प्रहरीले एसपी पदम बिष्टको संयोजकत्वमा र लागुऔषध नियन्त्रण ब्यूरोले डीएसपी अनन्तराम शर्माको नेतृत्वमा समिति बनाएर छानबिन गरिरहेको छ। ब्यूरोबाट विमानस्थलमा डीयूटीमा खटिएका प्रहरीहरुलाई जिम्मेवारीबाट तानेर अनुसन्धान भइरहेको छ।

त्यसदिन कार्गोको डीयूटीमा लागुऔषध नियन्त्रण ब्यूरोका वरिष्ठ सई निरन्जन पनेरु, असई कैलास राउत र विष्णुबहादुर थापा तथा हवल्दार प्रदीप बस्नेत थिए।

काठमाडौंबाट कार्गो कम्पनीमार्फत बुक कभर भनेर पठाएको सामानभित्र हङकङको विमानस्थलमा चेकजाँच गर्दा गाँजा फेला परेको थियो। हङकङको एसएफ कुरिएर कम्पनीले गाँजा फेला परेको भन्दै नेपालबाट सामान पठाउने कुरियर कम्पनीलाई जानकारी गराएको थियो।

नेपालको कार्गो कम्पनीले त्यसको जानकारी प्रहरीलाई गराएको हो। साउन २६ गते नेपाल एयरलाइन्समार्फत उक्त गाँजा पुगेको हो।

यस बारेमा प्रहरीलाई साउन ३१ गते जानकारी गराइएको थियो।

विराट कार्गो कम्पनीले हङकङको एसएफ एक्सप्रेस कार्गो कम्पनीलाई सामान पठाएको थियो। तर हङकङ विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ गरेपछि बुक कभरभित्र लागुऔषध रहेको खुलेको हो।

प्रहरीले हङकङबाट तस्करले भित्र्याएको ६० किलो सुनको विषयमा अनुसन्धान गरिरहँदा यहाँबाट पनि लागु औषध पुगेको घटना बाहिरिएको हो।

हङकङमा लागुऔषध पुगेको घटनामा विमानस्थल प्रहरीले पनि थाल्यो अनुसन्धान

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

सम्बन्धित

दशैंको लागि बसको अग्रिम टिकट बुकिङ अब मोबाइलबाटै

एमाले वाग्मतीको नजरमा कांग्रेस : सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक

पूर्वप्रधानमन्त्री र मुख्य सचिवलाई साक्षी मात्र बनाएकोमा सर्वोच्चले सोध्यो कारण

चीन भ्रमणमा रहनुभएका प्रम: दाहालले आज Chongqing Academy of Agricultural Sciences को अवलोकन गर्नुका साथै आधुनिक कृषि प्रणालीबारे जानकारी लिनुभएको छ।

महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ : योगेश भट्टराई

एमाले वाग्मतीको नजरमा रास्वपा : ‘न मास न क्याडर्स पार्टी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com