ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो शो : १५ लाखका ईभी, टेस्लादेखि महंगा गाडी प्रदर्शनीमा


abc

काठमाडौं,२४ भदौ । काठमाडौंको भृकुटीमण्डमा भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटोसो’ हुँदैछ । विगत तीन वर्ष रोकिएको नाडा अटो शोमा यसपटक विद्युतीय एवम् पेट्रोलियम गाडी, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, ब्याट्री र एसेसरिजलगायतको प्रदर्शनी रहनेछ ।

तर, अटो शोमा सबैभन्दा रोचक र आकर्षण भने विद्युतीय सवारीसाधनमा केन्द्रित रहने ठानिएको छ । ६ दिनसम्म चल्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको यो १५औं संस्करण हो । झण्डै एक लाखले अवलोकन गर्ने र २० अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको अटो शो मा विभिन्न ब्रान्डका नयाँ सवारीसाधनहरु सार्वजनिक हुँदैछन् ।

१२० वटा स्टल रहने अटो शो मा १६ ब्रान्डका चार पाङ्ग्रे, २२ ब्रान्डका दुई पाङ्ग्रे र ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल रहने नाडाले बताएको छ । नाडाका अध्यक्ष ध्रुव थापाले यस पटकको सोमा ऐतिहासिकरुपमा नयाँ दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन सार्वजनिक हुने बताएका छन् ।

उनले भने, “अहिले ऐतिहासिकरुपमा सबैभन्दा बढी सवारीसाधन लञ्च हुन्छ । यस पटक नयाँ मोडलहरु र नयाँ प्रडक्टहरु पनि लञ्च भइरहेको छ । अटो शो मा नयाँ सहभागी हुनेको संख्या पनि धेरै छ ।”

नाडा अटो शोले केही नयाँ अपेक्षा जगाउने अपेक्षा उनले गरेका छन् ।

“बैंकहरु पनि निकै उत्साही छन् । हामीले अटोमोबाइललाई अलि सहजरुपमा गर्छौँ भन्ने कुरा उहाँहरुको पनि छ । धेरै बैंक वित्तीय संस्था सहभागी हुन खोजेका छन् र व्यवसायी पनि मिलेर धेरै ठूलो अफर लिएर आइरहेका छन् यो पटक,” उनले भने ।

बैंकले सहज ब्याजदर र व्यवसायीले बिशेष अफर ल्याएका कारण राम्रो व्यापार हुने हुने विश्वास छ । “यो पटक लामो समयपछि अटो शो हुँदैछ । ठूलो अफरहरु र इतिहासमा सबैभन्दा ठूलो अफर यसपटक कम्पनीहरुले दिँदैछन् । त्यसैले अहिले नै लिए पनि वा भविष्यमा लिए पनि एक पटक भिजिट गर्न हाम्रो अनुरोध छ,” उनले भने ।

कुन कम्पनीको कस्तो ईभी आउँदैछ ?

सेरेस ईभी स् एमडब्ल्यू वृद्धि अटोकर्पले नाडा अटो शोमा सबैभन्दा उच्च आकर्षणको विद्युतीय गाडी९ईभी० सार्वजनिक गर्ने भएको छ । कम्पनीले १५ लाख नेपाली रुपैयाँ आसपासमा सुरुवाती मूल्य रहने सेरेस ई–१ मोडलको गाडी सार्वजनिक गर्ने तयारी गरेको छ ।

चीन, इन्डोनेसियालगायत देशमा सार्वजनिक भइसकेको यो गाडीले मूल्यका हिसाबले नेपालमा आर्कषण पाउने देखिएको छ । सेरेस मिनी ईभी बेस र टप गरी दुई भेरियन्ट बजारमा आउँदैछ । यस्तै कम्पनीले ५० लाख रुपैयाँ आसपासमा सुरुवाती मूल्य रहने सेरेस ब्रान्डकै अर्को ईभी सेरेस–३ ईभी पनि नाडा अटो शोमै सार्वजनिक गर्ने भएको छ ।

यो गाडीको पनि कम्फर्ट र प्रिमियम गरी दुई वटा भेरियन्ट रहेको छ ।

टेस्ला जित्ने नेटा

नेपालमा नेटाको आधिकारीक वितरक सीजी मोटर्सले नाडा अटो शोमा महत्वपूर्ण आर्कषणको ईभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले नेटाका तीन नयाँ मोडलका गाडी सार्वजनिक गरिरहेको छ । अटो शो मा करिब ६ सय किलोमिटर रेन्जको ‘नेटा जीटी’ र ६१० किलोमिटर रेन्जको ‘नेटा यू प्रो’ ईभी सार्वजनिक हुँदैछ ।

सबैभन्दा आकर्षणका रुपमा कम्पनीले ‘नेटा एस’ ईभी सार्वजनिक गरिरहेको छ । ११०० किलोमिटर रेन्ज रहेको यो गाडी हाल नेपालमा उपलब्ध टेस्लाको टप भेरियन्ट भन्दा महँगो हुने कम्पनी स्रोतको दाबी छ । यसअघि नेपाली बजारमा नेटाको ‘नेटा भी’ ईभी रहेको छ ।

बीवाईडीको डल्फिन

अर्को ईभी ब्रान्ड बीवाईडीले पनि नेपालमा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । हाल फोटो र विशेष अभियान सञ्चालनमा राखेको बीवाईडीले ‘डल्फिन’ मोडलको ईभी सार्वजनिक गर्ने बताएको छ ।

फोटोमा हेर्दा स्टालिइस देखिने बीवाईडी डल्फिन ईभीको मूल्य, फिचर र भेरियन्ट भने नाडा अटोसोमा सार्वजनिक भएपछि नै थाहा हुनेछ । बीवाईडीको अट्टो ३ र ई ५ ईभी पहिलेदेखि नै बजारमा रहेको छ ।

स्काईवेलको प्रिमियम एसयूभी

नाडा अटो शोमा जी मोटर्सले नयाँ ईभी ब्रान्ड भित्र्याइरहेको छ । कम्पनीले स्काईवेल ब्रान्ड नेपाल भित्र्याइरहेको हो । ६२० किलोमिटर रेन्ज भएको ‘स्काईवेल ईटी–५’ प्रिमियम एसयूभी ईभी सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

३० मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिने भनिएको यो गाडीको मूल्य भने अटो शोमै सार्वजनिक गरिने छ । यसबाहेक पहिलेदेखि नै बजारमा रहेका ईभी ब्रान्डहरुले आफ्ना गाडीमा बिशेष छुट र आर्कषक अफरहरु ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज हुँदै

सम्बन्धित

बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १ को मृत्यू २ गम्भीर घाइते

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

माटाेकाे ढिस्काेले पुरिदा एक जनाकाे ज्यान गयाे

यस्तो छ आजको मौसम

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com