काठमाडौ २४ भदौ । अविरल वर्षापछि खसेको पहिरोले डडेल्धुरामा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।गन्यापधुरा गाउँपालिका(२ को रडुवा खोलामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार रातिदेखि पहिरो खस्ने क्रम जारी भएकाले अवरुद्ध सडक खुलाउन सकिएको छैन ।पहिरोका कारण तराईबाट डोटी, बाजुरा र अछामका लागि छुटेका गाडीहरू डडेल्धुरामै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्