ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार समस्या औल्याउँदै माओवादीबारे नारायणकाजीको समीक्षा- लुकाउनुपर्ने कुरा छैन, पार्टीमा भ्रष्टीकरण बढ्यो


abc

काठमाडौं, २२ भदौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीमा अहिले देखिएको चार समस्या औंल्याएका छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले ललितपुर महानगरमा आयोजित पार्टीको भेलालाई सम्बोधनको क्रममा पार्टीमा भ्रष्टीकरण बढेको स्वीकारेका हुन् ।

उनले अन्य पार्टीभन्दा माओवादी फरक भएपछि पछिल्लो सयम पार्टी विधि, पद्धतिमा र विधान अनुकूल सामूहिक निर्णयबाट चल्न छाडेको गुनासो गरे । उनले पार्टीका नेताहरुको कुनै व्यापार व्यवसाय नभए पनि आलिशान जीवनशैलीले प्रश्न उठेको बताए ।

पार्टी रुपान्तरणको लागि जतनासँग माओवादी अभियान चलाइरहेको बेलामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसरी औंल्याए पार्टीको चार समस्याः

एक स् पहिला पार्टीमा आदर्श, विचार, सिद्धान्त, रणनीति र कार्यनीतिको कुरा हुन्थ्यो । त्यसको आधारमा हामी अघि बढ्थ्यौं । अहिले सतही कुरा हुन्छ । विचार, सिद्धान्त धेरै उपेक्षित भएको छ । कसैलाई मतलब नै छैन । विचारका उज्यालो र सिद्धान्तको मार्गनिर्देशनअनुसार लामो समयसम्म क्रान्तिकारी अगाडि बढ्न सक्दैनन् । अहिले हामीमा अध्ययन पनि छैन ।

वैचारिक छलफल, सिद्धान्तको कुरा पनि छैन । अहिले नयाँ मान्छे पनि पार्टीमा छैन । त्यसकारण हाम्रो दृष्टिकोण, विचार, सिद्धान्तको कुरा सही छ । त्यसलाई विकास गरेरमात्रै नेपाललाई बनाउन सक्छौं भन्ने कुरामा ध्यान जान छाड्यो । हाम्रो विचलन त्यहाँ भएको छ ।

दुई स् पार्टी संगठनलाई विधि र पद्धतिमा चलाउनुपर्‍यो । विधान अनुकूल सामूहिक चलाउनुपर्‍यो । गुटबन्दी, व्यक्तिवादी व्यवहार गर्नुभएन । विधि सम्मत ढंगले सामूहिक र संस्थागत ढंगले पार्टी चलाउनुपर्‍यो र कार्यकर्ताको न्यायोचित मूल्यांकन गर्नुपर्‍यो । निष्ठावान, सैद्धान्तिक र जनताको सेवा गर्छन्, जो भ्रष्टाचार गर्दैन, तिनलाई मुख्य जिम्मेवारी दिनुपर्छ । हाम्रो त्यहाँ पनि कमजोरी हुन थालेको छ । विधि, पद्धति नमान्ने । कोही अराजक छन्, कोही पद पाएपछि मै सर्वेसर्वा हो भन्ठानेर नोकरशाही छन् ।

तीन स् अहिले पार्टीमा भ्रष्टीकरण बढेर गएको छ । आफ्नो पैतृक सम्पति त्यति देखिएको छैन । पार्टीले पैसा पनि दिएको छैन । दिनसक्ने हालत पनि छैन । हाम्रो केही पनि नभएका पूर्णकालीन कार्यकर्तालाई बचाउन सहयोग गर्न सकेको छैन ।

सुख र विलाशी जीवन बिताउन पार्टीले कसैलाई पैसा त दिएको छैन । काम गरेको, कुनै उद्योग, व्यवसाय गरेको पनि देखिँदैन । तर पनि आलिसान भवनमा कसरी बसिरहेका छन् भन्ने प्रश्न उठेको छ । त्यसकारण हाम्रो पनि भ्रष्टीकरण बढ्दै गएको छ । यो सत्य हो, लुकाएर हुँदैन । यसलाई सच्याउनुपर्छ ।

चार स् जनतासँग हाम्रो सम्बन्ध कमजोर भएर गएको छ । पहिलाको मजदुर, किसान, दलित, गरिब, सुकुमबासी, जनजातिहरुसँग सम्बन्ध राख्थ्यौं । उनीहरुका मुद्दा उठाउँथ्यौं । उनीहरुको हक अधिकारप्रति बोल्थ्यौं । उनीहरुको घरमा बस्थ्यौं, जान्थ्यौं, छलफल गर्थ्यौं । हो, अहिले संघर्षको स्वरुप परिवर्तन भएकाले संसदमा जानुछ । सरकार चलाउनुछ । त्यो काम त बढेकै छ, अलिक फरक मोर्चाको काम ।

तर, त्यसो भनेको जनतासँगको सम्बन्ध छाड्दिने भनेको हो रु त्यो भनेको दलाल नोकरशाही, पूँजीपतिसँग सम्बन्ध बढाउने, उसैसँग मात्रै उठबस गर्ने, ठेकेदार, व्यापारी, अलिकति पैसा भएकै मान्छेसँग मात्रै सम्बन्ध राखेर आफ्नो जीवन चलाउने अनि जनता र कार्यकर्तालाई चासो नदिने भन्या हो र रु होइन नि १ त्यहाँ पनि हाम्रो कमजोरी हुन थाल्यो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रज्ञा भवनमा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

सम्बन्धित

नेपाल–चीन संयुक्त वक्तव्य : अन्तरदेशीय प्रसारण लाइन र टोखा–छहरे सुरुङमार्ग अघि बढाउने सहमति

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?

ओलीले ड्रोन उडाएर गरे एमालेको वाग्मती प्रदेश अधिवेशन उद्घाटन

जिल्ला प्रशासनमा सूचना आएपछि ७० हजार किलो चिनीसहित गोदाम सिल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com