ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले प्रदेश सांसदलाई दुर्व्यवहार गरेको भन्दै ताप्लेजुङमा कांग्रेस कार्यकर्ताको प्रदर्शन


abc

काठमाडौ २२ भदौ । कोशी प्रदेश सभा सदस्य खगेन सिंङ हाङगामलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले ताप्लेजुङको फुङलिङ बजारमा प्रदर्शन गरेका छन्।शुक्रबार बेलुकी करिब ११स्१५ बजे डेरामै आएर प्रहरीले आफूलाई दुर्व्यवहार गरेको प्रदेश सभा सदस्य हाङगामले सेतोपाटीलाई बताए।

प्रहरी निरीक्षक सुजन मुदेल नेतृत्वमा आएको प्रहरी टोलीले लाठी प्रहारसहित ढुंगामुढा गरेको, २ जना हवल्दारले ज्यान लिने धम्की दिएको र बर्दीबिना आएकाअसई सागर रोका क्षेत्रीले पोस्तोल लोड गरी ताकेको उनको आरोप छ।यस्तो घटनाले सिंगो ताप्लेजुङ नै अशान्ति र मुडभेडतर्फ धकेलिएको महशुस भएको छ,’ उनले भने, ‘यस विषयमा प्रहरी प्रशासनले उचित निकास निकाल्नुपर्छ, गल्ती गर्ने प्रहरीलाई कारबाही गर्नुपर्छ।

होइन भने हामी चरणबद्ध आन्दोलन गर्छौं।’ललितपुर घर भएका कांग्रेस कार्यकर्ता पेमा लामामाथि प्रहरीले कुटपिट गरेको भन्दै प्रदेश सभा सदस्यले घटनाबारे प्रहरी प्रशासनसँग चासो राखेका थिए।ललितपुरबाट आएका हाम्रा पाहुनालाई प्रहरीले कुटपिट गरेछ। यो कुरा मलाई थाहा भएपछि मैले प्रहरी प्रशासनसँग बुझ्ने काम गरेको थिएँ,’ उनले भने, ‘त्यसपछि शुक्रबार बेलुकी मेरो डेरामै आएर प्रहरीहरूले अपशब्द बोले, ममाथि दुर्व्यवहार गरे, लाठी हाने।’

प्रदेश सभा सदस्यलाई दुर्व्यवहार गरेको भन्दै कांग्रेस कार्यकर्ताहरूले बिहानैदेखि ताप्लेजुङ सदरमुकाममा प्रदर्शन गरिरहेका छन्।केहीबेर यातायात बन्द भएको थियो तर जनतालाई असुविधा हुने भएकोले अहिले यातायात खुलिसकेको छ,’ उनले भने।ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले समस्या समाधान गर्न छलफल सुरू गरिएको जानकारी दिइन्। ‘प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र मेयरलगायत सँग छलफल गर्दैछौं,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो : अध्यक्ष ओली

सम्बन्धित

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो : अध्यक्ष ओली

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

केपी ओली : गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो

राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्ता

दैनिक १४ सय डेंगी संक्रमित थपिँदै, जुलाईयता २० जनाको मृत्यु शुक्रबार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com