काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नामिबियासंग खेलेको खेलमा नेपाललाई पाचौँ सफलता हात लागेको छ । कप्तान पारस खड्काले पाचौ विकेट लिएका छन् ।
छैटो क्रममा ब्याटिङ गर्न आएका इरामुसलाई पारसले बोल्ड गरेका हुन् । इरामुसले १३ बल प्रहार गर्दा एक रन पनि जोड्न सकेनन् । इरामुसको विकेटसँगै नामिबियाले १६ ओभरको समाप्तिमा ८० रन बनाएको छ ।
यसअघि सोमपाल कामीले २ , सन्दिप लामिछाने र बसन्त रेग्मीले एकरएक विकेट लिएका थिए । १३ ओभरपछि नामिबियाले कुनै रन जोड्न सकेको छैन ।
नामिबियाको एफिज पार्कमा अहिले नेपाल र नामिबियाबिच खेल जारि छ ।
प्रतिक्रिया दिनुहोस्