ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको नयाँ नक्सा र प्रधानमन्त्रीको भ्रमणबारे संसदीय समितिमा कसले के भने ?


एबीसी न्यूज

काठमाडौं, २१ भदौ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरुले चीनले जारी गरेको नयाँ नक्साबारे कुटनीतिक नोट पठाउन माग गरेका छन् । समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नक्सा छिमेकी र विश्व मञ्चमा प्रस्तुत गर्न के ले रोकेको छ रु भन्दै प्रश्न गरे ।

“नक्साको विषय संवेदनशील छ । हाम्रो नक्सा र भूगोलको अखण्डताको शपथ खाएका छौँ, सदनबाट पारित भएपछि अन्य छलफल भएनभन्दा अखण्डता कता गयो, हाम्रो नक्सा छिमेकी र मञ्चमा गएर प्रस्तुत गर्न केले रोकेको छ रु परराष्ट्र फेलिएर भएको हो रु,” उनले सोधे, “अब भएन । कहिलेसम्म हुन्छ भनेर माग्नुपर्छ । स्पष्ट टाइमलाइनसहित फलोअप गर्नुपर्छ ।”

उनले चीनको राजदूतको कुरा संवेदनशील रहेको बताउँदै तुरून्तै नोट पठाउन आग्रह समेत गरे ।

माओवादीका उपमहासचिव समेत रहेका सांसद वर्षमान पुनले प्रधानमन्त्रीको अब हुने भ्रमणमा सैन्य गठबन्धनमा संलग्न हुने गरी हस्ताक्षर गर्न नहुने बताए । विकास साझेदारीमा भने सहमति गर्नुपर्ने उनको भनाइ छ ।

“कोही पनि सैन्य गठबन्धनमा संलग्न हुने गरी साइन गर्ने हुनुहुँदैन । तर, विकास साझेदारीमा भने सहमति गर्न हिच्किचाउनु हुँदैन,” उनले भने ।

नेकपा एमालेका सांसद भीम आचार्यले चीनको नयाँ नक्सामा चुच्चे नक्सा किन परेन भन्दै प्रस्ट्याउन माग गरे । “चीनले प्रकाशित गरेको नक्सामा के कारणले नेपालको नक्सा परेन रु के कारण भन्छन्, थाहा भएन भन्छन् कि रु त्यो प्रस्ट पार्नुपर्छ । हाम्रो कमजोरी हो कि रु,” उनले भने ।

उनले भारत र चीनको सम्बन्धका कारण यस्तो भएको हो कि रु भन्ने प्रश्न पनि गरे । उनले प्रधानमन्त्रीको भ्रमण अघि नै शान्ति प्रकृयाको कानुन टुंगाएर जान पाए उपयुक्त हुने बताए । स्वतन्त्र सांसद प्रभु शाहले प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा संसदीय सहभागिता जरूरी रहेको बताए । नाका ठप्प भएकाले चाडो खुल्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

नेमकिपाका सांसद प्रेम सुवालले नक्साको विषयमा पत्र नगएको भए सरकारले आजको आजै पठाउनुपर्ने बताए । उनले यूएन भ्रमणबाट नेपाल फर्किएर मात्रै चीन भ्रमण जान प्रधानमन्त्रीलाई सुझाए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com