ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा : सीमा नाका सुचारुदेखि प्रसारण लाइन विस्तारसम्म


abc

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ६ गतेदेखि चीनको औपचारिक भ्रमण सुरु गर्नेछन् । यसको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट सिधै चीन जानेछन् । उनी भदौ ३० गते अमेरिकाको न्युयोर्क जानेछन् ।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि उनी असोज ५ गते न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ६ गतेदेखि सुरु हुनेछ । उनी सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग असोज ८ गते शिष्टाचार भेटवार्ता गर्नेछन् ।

बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल गरिनेछ । “प्रधानमन्त्रीको चीन भ्रमण हुँदै छ । भ्रमणमा कृषिसम्बन्धी एजेन्डा पनि छ,” परराष्ट्रमन्त्री साउदले भने ।

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला चीनले प्रतिबद्धता व्यक्त गरेका अनुदानका कार्यक्रमहरुलाई पनि एजेन्डमा राखिएको छ । अहिले ती कार्यक्रमको लागि योजना प्राथमिकताका आधारमा छुट्याउने गृहकार्य भइरहेको उनले बताए ।

भ्रमणको बेला चीनसँगका सीमा नाकाका विषयमा पनि व्यापक छलफल हुने उनले जनाए । “उत्तरसँग सम्बन्धित हाम्रा जति पनि नाकाहरु छन्, ती दुई, तीन किसिमका छन् । एउटा रेगुलर नाकाहरु छन् जहाँ व्यापार र आवतजावत भइरहेको छ । यस्ता नाकालाई कोरोनापूर्वको अवस्थामा पुर्याएर खोल्ने विषयमा छलफल हुन्छ,” परराष्ट्रमन्त्री साउदले स्पष्ट पारे ।

नेपाल र चीनबीच कतिपय ‘सिजनल’ नाकाहरु छन् । यस्ता नाकाहरु तीन, चार महिना सञ्चालनमा आउँछन् र परम्परागत रुपमा लामो समयदेखि स्थानीय जनताले उपयोग गर्दै आएका छन् । यस्ता ८–१० वटा नाकाहरु रहेको जनाउँदै उनले भने, “त्यसलाई पनि सहज बनाएर सीमा क्षेत्रको जीवनलाई उपयोगी बनाउन चाहन्छौँ ।”

दार्चुला, बझाङ, डोल्पा, गोरखा, संखुवासभा, दोलखालगायतका जिल्लामा रहेका चीनसँगको नाकाहरु वर्गीकरण गरेर बाह्रै महिना चल्ने नाकाहरुलाई त्यहीअनुसार सञ्चालन ल्याइने उनले बताए । “सिजनल नाकाहरुलाई परम्परागत रुपमा प्रयोग गर्दै आएका छौँ, त्यसलाई सुनिश्चित गर्ने गरी त्यसको स्तरवृद्धि गर्दै लाने छलफल गर्छौँ,” उनले भने ।

परराष्ट्रमन्त्री साउदले केही एजेन्डाहरु जलस्रोत क्षेत्रसँग सम्बन्धित रहेको बताए । यसमा जलविद्युत् आयोजना र विद्युत् प्रसारण लाइन पर्छन् ।

“विशेष गरेर चीनको सीमा क्षेत्रमा भएका, किमाथान्कातिर भएका केही हाइड्रो प्रोजेक्टहरुमा चिनियाँ लगानी आकर्षित गर्ने हामी सोचिरहेका छौँ । केही ट्रान्समिसन लाइनहरु विकास गर्ने कुरामा पनि छलफल भइरहेको छ,” परराष्ट्रमन्त्री साउदले भने ।

सडक निर्माणको विषयमा पनि चीनसँग सहयोग मागिने उनले बताए । पूर्वदेखि पश्चिमसम्मकै सडक आयोजनामा चीनको सहयोग मागिने उनले जनाए ।

“विशेष गरेर सेतीमा फास्ट ट्रयाक बनाउने, हिल्सादेखि सुर्खेतसम्म सडक बनाउने । त्यसैगरी नुवाकोटदेखि छहरेसम्म एउटा टनेलको निर्माण गरेर बाटो बनाउने । त्यसैगरी कोदारी राजमार्गको अपग्रेड र पुनर्निर्माण गर्ने विषयमा छलफल हुन्छ,” उनले भने ।

स्वास्थ्य क्षेत्रमा पनि केही परियोजनाहरु अगाडि बढाउने योजना रहेको उनले स्पष्ट पारे । सिभिल अस्पताल र वीर अस्पतालको विस्तार गर्ने विषय उठेको उनले जनाए ।

“यो पटकको चीन भ्रमणमा हामीले व्यापार घाटालाई पनि ध्यानमा राखेर नेपालको तर्फबाट चीनतिर निर्यात हुनसक्ने मालसामान के के हुन सक्छन्, त्यसमा चीन र नेपालले साझा लगानी गरेर उत्पादन कसरी वृद्धि गर्न सकिन्छ र व्यापार घाटालाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्नेबारेमा छलफल गर्छौँ,” परराष्ट्रमन्त्री साउदले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ॐ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी पूर्वशिक्षामन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com