ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आर्थिक कूटनीतिमा निजी क्षेत्रसँग सहकार्य अपरिहार्य’


एबीसी न्यूज

काठमाडौं, १८ भदौ । मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कुटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य विषयक छलफलमा वक्ताहरुले उक्त धारणा राखेका हुन्।

परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवर्द्ध र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए।

विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदुतहरुले पनि निजी क्षेत्रसंगको सहकार्य गर्नुपर्ने उहाको धारणा थियो।

नेपाल सरकार सुरक्षा परिषदका सल्लाहकार एवं पूर्व मुख्य तथा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरुले आफ्नो दायरा विस्तार गरि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए।

मुख्य सचिव बैकुण्ठ अर्यालले नवनियुक्त राजदूतहरुलाई शुभकामना दिनुहुँदै आर्थिक कूटनीति विस्तारका लागि वहुपक्षीय निकायसँगको सहकार्य पनि आवश्यक रहेको बताए।

यसैगरि निजी क्षेत्रले पनि वस्तु र बजार विविधिकरणमा ध्यान दिनुपर्ने उनले बताए।

श्रम सचिव केवल भण्डारीले अब आर्थिक कुटनीतिलाई श्रम कुटनीति भन्नुपर्ने सुझाव दिए।

अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कुटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने बताए।

वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको बताए।

यसैगरि अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा थियो।

प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्युनिकरणमा पनि नियोगहरुको भूमिका महत्वपूर्ण रहने बताए।

पर्यटन सचिव भरतमणी सुवेदीले नया खुलेका पोखरा र गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा नियोगहरुको भूमिका महत्वपूर्ण रहने बताए । संघीय मामिला सचिव विनोद सिंहले नवनियुक्त राजदूतहरुलाई शुभकामना दिए।

सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूुतहरुको उपस्थिति रहेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरुले सकारात्मक मात्र भएमा पनि निक्कै सहज अनुभव सुनाए।

‘नियोगहरुले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ,’ उनले भने।

धेरै उदीयमान र विकसित अर्थतनत्रहरुमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धनका आधारमा राजदूतहरुको मूल्यांकन हुने गरेको पनि उनले बताए।

यसका लागि महासंघ निरन्तर सहकार्य गर्न तयार रहेको बताए।

नवनियुक्त राजदूतहरुको तर्फबाट बोल्दै थाइल्याण्डका लागि नियुक्त राजदूत धनवहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य बिषयमा केन्द्रित भइ सुझाव दिनुपर्ने बताए।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने बताए। महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघ र नियोगहरुको निरन्तर सहकार्य रहने बताए।

सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्याण्डका लागि धनबहादुर वली, युएइका लागि तेज वहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र संघ नियोगका लागि लोकवहादुर थापालाई राजदूत नियुक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com