ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्पनी दर्ता पाँच वर्षयताकै न्यून, एक वर्षमै साढे सात हजारले कमी


एबीसी न्यूज

काठमाडौं, १८ भदौ । गत आर्थिक वर्ष आव २०७९/०८० मा कम्पनी दर्ता पाँच वर्षयताकै कम भएका छन् । कम्पनी राजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार गत आवमा करिब २१ हजार कम्पनी दर्ता भएका हुन् ।

यो संख्या विगत पाँच वर्षको तुलनामा सबैभन्दा कम हो । आर्थिक मन्दीको कारणले लगानीमैत्री वातावारण नहुँदा कम्पनी दर्तामा कमी आएको जानकारहरू बताउँछन् ।

अघिल्लो आव २०७८/७९ को तुलनामा गत आवमा सात हजार ६४४ कम कम्पनी दर्ता भएका छन् ।

कार्यालयका अनुसार गत आवमा २०७९र८० मा प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड, मुनाफा वितरण नगर्ने र विदेशी शाखारसम्पर्करवैदेशिक लगानी गरेर २१ हजार ३७३ कम्पनी दर्ता भएको कार्यालयका सूचना अधिकारी शेखरबाबु कार्कीले जानकारी दिए ।

जबकि, अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा २९ हजार १७ कम्पनी दर्ता भएका थिए ।

पछिल्लो पाँच वर्षको तथ्यांक

आव २०७४र०७५ मा २२ हजार ३३०, आव २०७५र०७६ मा २५ हजार ५०० कम्पनी दर्ता भएका थिए ।

आव २०७६र७७ मा १८ हजार ६३८ कम्पनी दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा कोरोना महामारी विश्वव्यापी रुपमा फैलिएको थियो । जसकारण नेपालसहित विश्वमै उद्योग तथा व्यापार ठप्प भएको थियो ।

यस्तै, आव २०७७र७८ मा २६ हजार ५०५ कम्पनी दर्ता भएका थिए ।

आर्थिक मन्दीको असरले गर्दा कम्पनी दर्तामा कमी आएको उद्योग मन्त्रालयका पूर्वसचिव चन्द्रकुमार घिमिरेले बताए । अहिले व्यापारिक मलभित्रका पसल र सटर बन्द भइरहको अवस्थामा नयाँ व्यवसायी आउने सक्ने अवस्था नरहेको घिमिरेको धारणा छ ।

“मलभित्रका ठूला पसल र चलिरहेका सटरहरू बन्द भएर बसेका छन् । ती कुराको ‘चेन इफेक्ट’ले गर्दा जुन संख्यामा पहिला कम्पनी दर्ता हुन्थ्यो, त्यसमा कमी आएको हो, “त्यसले भइरहेका जति छन्, तिनीहरूको उपस्थिति छ । तर, नयाँ दर्ताको संख्या कम हुन थालेको हो ।”

कार्यालयका अनुसार आव २०७९र०८० प्राइभेट लिमिटेडअन्तर्गत २० हजार ४५५ कम्पनी दर्ता भएका छन् ।

यस्तै, पब्लिक लिमिटेड ८४, मुनाफा वितरण नगर्ने ६७८ र विदेशी शाखारसम्पर्करवैदेशिक लगानीमा १५६ कम्पनी दर्ता भएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com