ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले लुम्बिनीको नयाँ नेतृत्वमा भएन सहमति, कँडेल र रिजालबीच प्रतिस्पर्धा हुने


एबीसी न्यूज

काठमाडौं,१७ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनले नयाँ नेतृत्व निर्विरोध चयन गर्न असफल भएको छ।

अध्यक्ष केपी शर्मा ओलीलेसमेत सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिए पनि प्रदेश अध्यक्षका लागि चुनाव नै हुने अवस्था आएको हो।

खासगरी एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पक्षबीच अघोषित प्रतिस्पर्धा र द्वन्द्व देखिएको लुम्बिनीमा नेतृत्वका लागि चुनाव हुने भएको हो।

शनिबारदेखि बुटवलमा जारी प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनाव गर्न लागिएको हो।

एकजना पोलिटब्युरो सदस्यका अनुसार अब अध्यक्षका आकांक्षी हरि रिजाल र राधाकृष्ण कँडेलबीच सहमति नजुटेको हो।

एमाले केन्द्रीय सदस्य रिजाल महासचिव शंकर पोखरेलको साथ लिएर प्रदेश अध्यक्षको उम्मेदवार बनेका छन्।

वर्तमान अध्यक्ष कँडेल उपाध्यक्ष बिष्णु पौडेलको साथ लिएर फेरि दोहोरिन चाहन्छन्।

तर उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अधिवेशन उद्घाटन समारोहमा कुनै उम्मेदवारलाई नबोकेको बताएका थिए।

यसबीच महासचिव पोखरेलले आफ्नो प्रतिनिधि बनाएर पोलिटब्युरो सदस्य चेतनारायण आचार्यलाई अधिवेशनमा खटाएका छन्।

उपाध्यक्ष पौडेलले अर्का पोलिटब्युरो सदस्य खिमलाल भट्टराइलाई खटाएका छन्।

आचार्य र भट्टराई महासचिव र उपाध्यक्षको प्रतिनिधिका रुपमा अधिवेशनस्थलमा खटिएका छन्।

उता प्रदेश कमिटी सदस्य तय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिइएको छ। तर पदाधिकारीमा भने चुनाव हुने देखिएको छ।

चुनाव हुने अवस्थामा भएमा आइतबार साँझसम्म मनोनयन दर्ता गरेर सोमबार बिहानदेखि मतदान गर्ने तयारी छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com