ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन धाइरहेछन् एमाले र माओवादी टोली पालैपालो चीन भ्रमणमा ?


abc

काठमाडौं,१७ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको ‘जम्बो’ टोली चीन भ्रमणमा गएको छ । चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०को निमन्त्रणामा पोखरेल नेतृत्वको २२ सदस्यीय टोली शनिबार राति चीन उडेको हो । तिनको भ्रमण तालिका १२ दिनको छ ।

पछिल्लो समय एमाले र माओवादीका नेताहरू कम्युनिष्ट शासित मुलुक चीन धाउने क्रम बाक्लिएको छ । निकट छिमेकी देश भएकाले नेताहरूबीच विचार आदान–प्रदान गर्न यस्ता भ्रमण हुने गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन् ।

“नेपाल–चीनबीच परम्परागत, मैत्रीपूर्ण र हार्दिक सम्बन्ध छ । वैचारिक विषयमा कतिपय विमति र कतिपय एकरूपताका विषय छन्,” उनले बाह्रखरीसित भने, “निकट छिमेकका पार्टी भएकाले विचार आदान–प्रदान हुनु स्वाभाविक हुन्छ ।”

भ्रमण टोलीमा पार्टीका स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत नेताहरू छन् ।

पोलिटब्युरो सदस्य एवं सांसद ज्वालाकुमारी साह, केन्द्रीय सदस्य एवं कोसी प्रदेशसभा सदस्य रामबहादुर मगर राम राना, केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमाल, केन्द्रीय सदस्य सहदेव बोगटी, केन्द्रीय सदस्य निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ पनि भ्रमण टोलीमा छन् ।

यस्तै, केन्द्रीय सदस्यहरू अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल टोलीमा छन् । जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष समिककुमार बडाल, परराष्ट्र मामिला विभागका सदस्य गोपाल खनाल, प्रदेश कमिटी सदस्य एवं घोराही उपमहानगरपालिकाकी उपमेयर हुमाकुमारी डीसी, राजेश राई र सरोजकुमार रेग्मी टोलीमा छन् ।

टोलीलाई चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपनिर्देशक जाउ स्वागत गरेका छन् ।

एमाले प्रचार विभागका अनुसार, भ्रमण टोलीले चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ । भ्रमणका क्रममा सीपीसीका उच्चस्तरका नेतासँग टोलीको भेटवार्ता हुनेछ ।

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले र सीपीसीबीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमालेले जनाएको छ । गएको जेठमा पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटासहितको २० सदस्यीय टोली चीन भ्रमणमा गएको थियो ।

जेठ ५ गते १५ दिने भ्रमणका लागि माओवादी सचिवहरू गणेश शाह, डिलाराम आचार्य, हितमान शाक्यसहितका नेताहरू चीन गएका थिए । साउन २५ गते माओवादी महासचिव देव गुरुङ चीन भ्रमणमा गएका थिए ।

माओवादीको २० सदस्यीय टोलीलाई प्रविधिमा चीनले गरेको विकास, राष्ट्रपति सी चिनफिङको विचारधारा, गरिबी नियन्त्रणका लागि भइरहेका प्रयासलगायत विषयमा जानकारी गराइएको थियो । यस्तै, फाइबरका कम्पनी, ल्याब, युनिभर्सिटी, मोबाइललगायत कम्पनीको भ्रमण गराएको थियो ।

सो टोलीमा सहभागी अनेरास्ववियु क्रान्तिकारीका नेता जिपी मैनालीले त्यहाँको विकास गतिविधिको प्रचारका लागि धेरै मुलुकबाट मानिसलाई भ्रमण गराइने गरेको आफूले पाएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

सम्बन्धित

एमाले बागमती अधिवेशन– सहमतिका लागि फेरि संशोधन गरियो निर्वाचन कार्यतालिका

क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति

चिताबाट युवतीको शव नियन्त्रणमा , पतिसहित ३ जना पक्राउ

देवघाटमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता

नेपालबाट सहायक कामदार इजरायल पठाउन सरकारले गर्यो तयारी

घट्यो सुनको भाउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com