ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्कालीन सरकारले चुच्चे नक्साको विवरण छिमेकीहरुलाई पठाएको भेटिएन : परराष्ट्र मन्त्री


abc

काठमाडौं,१७ भदौ । परराष्ट्र मन्त्री एनपी साउदले पछिल्लो समय देखिएको नक्सबारेको विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कार्यालयमा आइतबार बिहान पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

मन्त्री साउदले कूटनीतिक संवाद र छलफलबाट पछिल्लो समय देखिएको नक्साबारेको विवाद समाधान गरिने बताएका हुन्।

‘हामी हाम्रो नक्सामा प्रतिवद्ध छौँ। धेरै विवाद गरिरहने भन्दा सबै देशसँग कूटनीतिक संवाद र छलफलबाट समाधान गर्छौँ,’ साउदले पत्रकारहरुलाई भने, ‘हामी हाम्रो नक्साको सबै छिमेकी मुलुक र अन्य देशले पनि सम्मान गरुन् भन्ने चाहन्छौँ।’

उनले पछिल्लो समय देखिएको नक्सा र लामो समयदेखिको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान गरिने जवाफ दिए।

‘२०७५ सालमा संसद्‍बाट पास गरेपछि छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा गइसकेको जानकारी भेटिएन,’ साउदले भने, ‘तत्कालीन अवस्थामा जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको बताएका थिए। तर नक्सा पठाइएको कूटनीतिक विवरण भेटिएन।’

चीनले एक साताअघि सार्वजनिक गरेको नक्साबारे सरकारले स्पष्ट पारिसकेको बताए। उनले सबै देशले नेपालको नक्साको सम्मान गर्नुपर्ने पनि बताए।

चीनले यही अगष्ट २८ तारिखमा नेपालले नयाँ नक्सामा समावेश गरेको लिपुलेक र लिम्पियाधुरासहितको भूभाग भारतमा परेको उल्लेख थियो। कालापानीसमेत भारतमा देखाइएपछि नेपाल रुस्ट छ।

यसबारे परराष्ट्र मन्त्रालयले सन् २०२० मै नेपाली संसदबाट सर्वसम्मतिले स्वीकृत नक्सामा नेपाल दृढतासहित स्पष्ट उभिएको जनाएको छ। परराष्ट्रले नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने पनि बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज हुँदै

सम्बन्धित

माटाेकाे ढिस्काेले पुरिदा एक जनाकाे ज्यान गयाे

यस्तो छ आजको मौसम

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

नेपाल एयरलाइन्सको न्यारोबडीमा पुनः समस्या

भारत र क्यानडाबीच तनाव बढ्दा के चीनलाई फाइदा हुन्छ ?

सहायक रथी अधिकारीको पदावधि थप : प्रश्नको घेरामा सेना र सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com