ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक साताअघि नै जन्मिएका थिए बालेनका जुम्ल्याहा छोरी, समाचार बाहिर नल्याउन अस्पतालसँग सहमति


एबीसी न्यूज

काठमाडौं,१७ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन पत्नी सबिनाले एक साताअघि नै दुई शिशुलाई जन्म दिएको खुलेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा सबिनाले एक सातअघि नै दुई छोरीलाई जन्म दिएको अस्पताल स्रोतले बताएको छ ।

जुम्ल्याहामध्ये एक छोरी मात्र जीवित रहेको र ति शिशुको एनआईसीयूमा उपचार भइरहेको बताइएको छ । सबिना भने दुई दिनअघि नै डिस्चार्ज भएको र छोरीलाई अझै किहीदिन अस्पतालमै राख्नुपर्ने भनिएको छ ।

अस्पताल स्रोतले दिएको जानकारीअनुसार समय नपुग्दै सबिनालाई बेथा लागेको थियो । त्यसपछि अस्पताल भर्ना गरिएको थियो ।

बालेनकी श्रीमती चढेको गाडी ‘एक मिनेटमात्रै’ रोकिएको थियो।

आफ्नो सन्तानको जन्मबारे बालेनले ‘मलाई यसबारे कसैलाई जानकारी दिनु छैन, मिडियामा पनि प्रचार गर्नु छैन, यहाँबाट पनि कुनै जानकारी बाहिर नजाओस् भनेर’ अस्पतालसँग सहमति गराएको स्रोतले बतायो ।

छोरी अस्पतालको एनआईसीयूमा नै राखिएकाले सबिना शनिवार दिउँसो अस्पताल पुगेर फर्किएको बताइएको छ । महानगरपालिकाको सरकारी गाडीमा रहेको र सोही गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो ।

सोही घटनालाई लिएर बालेनले आगामी दिनमा महानगरको गाडी रोकिए सिंहदरबारमा आगो लगाउने धम्कीसहितको फेसबुक स्टाटस लेखेका थिए । स्टाटसको व्यापक आलोचना भएपछि आइतबार बिहान बालेनको अफिसियल मिडियाको रुपमा प्रयोग हुँदै आएको रुटिन अफ नेपाल बन्दले बालेन दम्पतीलाई लक्ष्मी प्राप्त भएको भन्दै बधाईसहितको पोष्ट राखेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com