ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालबारे प्रचण्ड : उहाँले सफाइ पाइसक्नु भयो, अब कसैले तर्साउन सक्दैन


एबीसी न्यूज

काठमाडौं, १५ भदौ । । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सफाइ पाइसकेको बताएका छन्।

पोखरामा शुक्रबार आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधनका क्रममा दाहालले ललिता निवास प्रकरणबाट नेपालले उन्मुक्ति पाइसकेको बताएका हुन्।

भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा आफूले माओवादी नेताहरु पनि नछुट्ने गरी अनुसन्धान गर्न भनेको बताए।

‘माओवादी नेताहरु पनि कोही सुनमा, कोही के मा जोडिएको सुन्छु। तर मैले सबैलाई समात्नु छु भनेको छु’, उनले भने, ‘दोषी छ भने जोसुकै होस् कोही नछुटुन्, मैले नै गल्ती गरेर सडकमा भेटे मलाई पनि कारबाही चलाउन भनेको छु।’

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बालुवाटार प्रकरणमा विनाकारण मुछिएको पनि दाबी गरे।

‘माधवजीकोबारे ललिता निवासमा धेरै प्रश्न उठाएका छन्। तर उहाँ निर्दोष हुनु हुन्छ भन्ने सावित भइसक्यो’, उनले भने, ‘औपचारिक रुपमा माधवजीमाथिको प्रश्नको निरुपण भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भनेपछि उहाँ निर्दोष सावित हुनु भयो।’

उनले अब माधव नेपालमाथि कुनै षड्यन्त्र नहुने पनि बताए। ‘अब माधवजीमाथि षड्यन्त्र हुँदैन। उहाँले सफाइ पाइसक्नु भयो’, उनले भने, ‘सीआईबीले बयान लिएर मुद्दा नचलाउने निर्णय गरिसकेपछि अब उहाँलाई कसैले तर्साउन सक्दैन।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com