ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेतमा प्रचण्डले विप्लवलाई यसरी फकाए, गठबन्धन फेर्न चाहनेलाई धम्काए


ABC NEWS

काठमाडौं १४ भदौ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भइसकेकाले अब त्यो नरोकिने बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार भएको समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले क्रान्तिकारीहरु चनाखो भएर अझै ठूलो मोर्चा बनाउनुपर्ने बताउंदै राम्रो काम गर्दा कसैले आफूलाई हटाउन खोजे देखाइदिने समेत चेतावनी दिए ।

अहिले नेपालमा जे देखिएको छ, त्यो कम्युनिष्ट आन्दोलन जनयुद्ध लगायतका विभिन्न आन्दोलनकै कारण सम्भव भएको बताउँदै प्रचण्डले समाजवादी मोर्चा बनाउँदा अरुभन्दा आफू बढी खुसी भएको उल्लेख गरे।

सम्बोधनका क्रममा प्रचण्डले नेत्रविक्रम चन्द विप्लवको विप्लवकै सुरक्षा घेरामा आफूले जनयुद्ध अघि बढाएको पनि बताए।

यद्यपि उनले विप्लवसँग एकै ठाउँ रहेर अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे। अहिले समाजवादी मोर्चाले सहयात्राको सम्भावना बढाएकाले उत्साहित भएको प्रचण्डको भनाइ छ।

यो मोर्चा एक ठाउँमा भएर लड्दा सुशासनका लागि भ्रष्टाचारविरुद्धको लडाइँ सफल हुने पनि विश्वास व्यक्त गरे।

उनले नेकपा एमालेलाई लक्षित गर्दै उनीहरु नक्कली कम्युनिष्ट भएको पनि बताए। एमालेले अहिले धारे हात लगाएर हेरिरहेको बताउँदै उनीहरु नक्कली कम्युनिष्ट भएको जिकिर प्रचण्डले गरे। उनले एमाले परिवर्तनको पक्षमा नरहेको पनि उल्लेख गरे।

प्रचण्डले केही लिनदिन नभई परिवर्तनको पक्षमा अग्रसर हुने प्रमुख लक्ष्य आफूले लिएको बताए । उनले भने, ‘म राम्रो काम गर्छु, कसले हटाउँदो रहेछ हेर्छु।’

प्रचण्डले भ्रष्टाचारविरुद्ध अग्रसर हुँदा नेपाली कांग्रेस र एमालेलाई मात्रै लक्षित गरेको भन्ने भनाइ सही नभएको जिकिर गरे। माओवादीकै अरु नेता र आफ्नै नाम पनि भ्रष्टाचारमा मुछिए नछोड्न भनेको उनको दाबी थियो।

उनले सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी तत्व र दलालहरुलाई सह्‍य नभएको पनि जिकिर गरेका छन्।
भिडियो
राम्रो काम गर्दैछु, सरकारबाट कसले हटाउँदोरहेछ हेर्छु

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

सम्बन्धित

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

मेरो चीन भ्रमणले आपसी विश्वास बढेको छ : प्रधानमन्त्री प्रचण्ड

दुई हप्तापछि काठमाडौं आइपुगे प्रधानमन्त्री

चीन भ्रमण सकिएपछि छेन्दु विमानस्थलबाट बिदा भए प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com