काठमाडौं, २४ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । साँझ आठ बजेसम्म सार्वजनिक भएको परिणाम अनुसार निर्विरोध निर्वाचित हुने र चुनावबाट विजयी भएकाहरुको संख्या ३७ पुगेको छ।
जसमध्ये १७ वटा नेकपा एमालेले , ९ मा कांग्रेस, ६ मा माओवादी केन्द्र र २-२ वटामा संघीय समाजवादी फोरम र राजपा विजयी भएका छन्।
हालसम्म प्रदेश १, २ र ७ को अन्तिम परिणाम आएको छ । प्रदेश २ मा सबै पदहरु निर्विरोध भएका थिए। अन्य केही प्रदेशमा आंशिक पदमा निर्विरोध भएको थियो जसको परिणाम यस्तो छ ।
पछिल्लो सूची यस्तो छ :
प्रदेश १
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)
पर्शुराम मेघी गुरुङ (एमाले)
रमेशजंग रायमाझी (कांग्रेस)
हरिचरण शिवाकोटी (एमाले)
खेम नेपाली (एमाले/६,२७०)
अगमप्रसाद वान्तवा (एमाले/६,१३८)
प्रदेश २
शशिकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस)
प्रमिलाकुमारी यादव (संसफो)
जितेन्द्र देव (कांग्रेस)
रमेश यादव (राजपा)
सुमन प्याकुरेल (एमाले)
रामप्रित पासवान (संसफो)
वृशेषचन्द्र लाल (राजपा)
प्रदेश ३
धनकुमारी खतिवडा (कांग्रेस)
उदया शर्मा पौडेल (एमाले)
दिलकुमारी रावल (एमाले)
सिंगबहादुर विश्वकर्मा (एमाले)
रामचन्द्र राई (एमाले)
प्रदेश ४
प्रकाश पन्थ (कांग्रेस)
प्रदेश ५
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)
रामलखन चमार (एमाले)
राजकुमार कुँवर (माओवादी)
प्रदेश ६
नरपति लुवार (एमाले/३,६६६)
जीवन बुढा (माओवादी/३,७२०)
प्रदेश ७
तारादेवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)
बद्रीप्रसाद पाण्डे (कांग्रेस)
शेरबहादुर कुँवर (एमाले)
हरिराम चौधरी (माओवादी)
चक्रप्रसाद स्नेही (एमाले/३,७०८)
महेशकुमार महरा (माओवादी/३,७०८)
प्रतिक्रिया दिनुहोस्