ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो पावर प्लेमा नेपालको उत्कृष्ट सुरुआत


abc

काठमाडौं, १३ भदौ । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले पहिलो पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ ।

टस हारेपछि फिल्डिङमा आएको नेपालले ब्याटिङमा रहेको घरेलु टिम पाकिस्तानविरुद्ध सुरुआती १० ओभरमा ४४ रन दिएर दुई विकेट लिएको छ । हाल पाकिस्तानबाट क्रिजमा रहेको कप्तान बाबर आजम १२ रनमा र मोहम्मद रिजवान सात रनमा खेलिरहेका छन् ।

नेपालले छैटौँ ओभरमा करण केसीबाट पहिलो सफलता पाएको थियो । करणले ५।३ ओभरमा फखर जमानलाई आउट गरेका थिए । यस्तै, नेपालले सातौँ ओभर पहिलो बलमा पाकिस्तानका इमाम उल हकलाई रनआउट गर्दै दोस्रो सफलता प्राप्त गरेको थियो । सोमपाल कामीले गरेको बलिङमा कप्तान रोहित पौडेलले इमामलाई उत्कृष्ट रन आउट गर्दै पभेलियनको दिशा देखाएका थिए ।

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको हो ।

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टिकट काटिसकेका डाक्टरहरुलाई उतारेर माओवादी नेताहरूले चढे समिट एयर

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

सम्बन्धित

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?

ओलीले ड्रोन उडाएर गरे एमालेको वाग्मती प्रदेश अधिवेशन उद्घाटन

जिल्ला प्रशासनमा सूचना आएपछि ७० हजार किलो चिनीसहित गोदाम सिल

डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com