ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कपमा चम्किन सक्ने खेलाडीहरूको सूची : कसको प्रदर्शन कस्तो ?


एबीसी न्यूज
भाद्र १२, २०८० मंगलबार  ४ : २६ बजे

काठमाडौं, १२ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भोलि बुधबार देखि सुरु हुने एसिया कप–२०२३ मा चम्किन सक्ने खेलाडीको सूचीमा नेपालका अलराउन्डर गुल्सन झालाई पनि राखेको छ ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको एसिया कपमा राम्रो प्रदर्शन गर्न सक्ने ६ देशका ६ खेलाडीमा नेपालबाट गुल्सन परेका हुन् । पहिलोपटक एसिया कप खेल्न लागेको नेपालले उद्घाटन खेलमा भोलि पाकिस्तानको सामना गर्दै छ । त्यसपछि भदौ १८ गते हुने भारतसँगको खेलका लागि नेपालले श्रीलंका जाने छ ।

आईसीसीले चयन गरेका ६ खेलाडी :

१। बाबर आजम– पाकिस्तान, ब्याटर

एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा आसिन बाबर आजम पाकिस्तानका कप्तान हुन् । ठूला प्रतियोगितामा सधैँ आफ्नो प्रभावशाली छाप छोड्ने आजमले एसिया कपमा आफ्नो १८औँ एकदिवसीय शतक प्रहार गरे नौलो कुरा हुने छैन । पछिल्लो केही वर्षयता उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदै आएका आजमको विकेट विपक्षी टिमको मुख्य प्रयास रहने निश्चित छ ।

२। जसप्रीत बुमराह– भारत, बलर

लामो समयको चोटपछि मैदानमा फर्किएका बुमराह भारतका प्रमुख बलर हुन् । चोटपछि पुनरागमन गरेका बुमराहले डब्लिनमा सम्पन्न आयरल्यान्डविरुद्धको ट्वान्टी–२० शृङ्खलामा दुई विकेट लिएका थिए । मिडिल ओभर र डेथ ओभरमा पनि प्रभाव पार्ने उनको बहुमुखी प्रतिभा छ । जसका कारण भारतका कप्तान रोहित शर्माका लागि बुमराह एसिया कपमा प्रमुख बलरको रूपमा रहने छन् ।

३। गुल्सन झा– नेपाल, अलराउन्डर

आईसीसी मेन्स क्रिकेट विश्वकप छनोटमा केही उत्कृष्ट संकेत दिएका युवा अलराउन्डर गुल्सनलाई एसिया कपका नजरअन्दाज गर्नु विपक्षीको गम्भीर भुल बन्न सक्छ । आक्रमकरूपमा प्रस्तुत हुनु नै गुल्सनको खेल्ने शैली हो । उनले विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेर आफ्नो शैलीलाई प्रमाणितसमेत गरिसककेका छन् । विपक्षी इनिङ्सको मिडिल ओभरहरूमा स्कोरिङ रेट घटाउन पनि गुल्सन नेपालका लागि महत्त्वपूर्ण खेलाडी हुने छन् । गुल्सन एसिया कपमा चम्कन सक्ने ठूलो प्रतिभा भएका खेलाडी हुन् ।

४। तक्सिन अहमेद– बंगलादेश, बलर

सहकर्मी इबादोत हुसैन चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि बंगलादेशका फास्ट बलिङको जिम्मेवारी तक्सिन अहमेदको काँधमा छ । पछिल्लो समयको लयअनुसार तक्सिन एसिया कपमा बंगलादेशको यो जिम्मेवारी लिन तयार पनि देखिन्छन् । हालैमात्र क्रिकेट शृङ्खलाका लागि अफगानिस्तानले बंगलादेशको भ्रमणमा तक्सिनको बलिङ प्रदर्शन उत्कृष्ट थियो । यस्तै, जिम्बाब्वेको फ्रेन्चाइज लिगमा पनि हालैमात्र दुई खेल खेलेका तक्सिनले पाँच विकेट लिएका थिए ।

 

५। रासिद खान– अफगानिस्तान, अलराउन्डर

एसिया कपमा सबैभन्दा प्रतिभाशाली स्पिनरमध्येका एक हुन्, रासिद खान । अफगानिस्तानको स्पिनर आक्रमणलाई बलियो बनाउने जिम्मेवारी रासिदकै काँधमा छ । विगतका टोलीहरूले प्रायः रासिदको बललाई डिफेन्ड गर्ने र अन्य बलरहरूलाई आक्रमणको रणनीति अपनाए पनि ब्याटिङ सहयोगी पिचका कारण एसिया कपमा परिस्थिति फरक बन्न सक्ने छ । बलिङ भेरियसनका कारण ब्याटरलाई भ्रममा राख्न माहिर रासिदको चुनौती एसिया कपमा विपक्षी टिमका लागि रणनीति निर्माणको एक विषय बन्न सक्छ ।

६। महिश थिक्षणा– श्रीलंका, बलर

टोलीका स्टार स्पिनर वनिन्दु हसरंगाको फिटनेसमा प्रश्न उठिरहेका कारण एसिया कपमा थिक्षणामाथि झनै दबाब थपिएको छ । आईसीसी विश्वकप छनोटमा २१ विकेट लिँदै श्रीलंकाको विश्वकप यात्रा निश्चित गराएका थिक्षणाले एसिया कपमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिने टिमको आश छ । हालैमात्र लंका प्रिमियर लिगमा पनि थिक्षणा लयमा देखिएका थिए । २३ वर्षीय थिक्षणाले सात विकेट लिँदा सबैजसो खेलमा उनीविरुद्ध खेल्न ब्याटरहरू संघर्षरत देखिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com