ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कपमा चम्किन सक्ने खेलाडीहरूको सूची : कसको प्रदर्शन कस्तो ?


abc

काठमाडौं, १२ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भोलि बुधबार देखि सुरु हुने एसिया कप–२०२३ मा चम्किन सक्ने खेलाडीको सूचीमा नेपालका अलराउन्डर गुल्सन झालाई पनि राखेको छ ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको एसिया कपमा राम्रो प्रदर्शन गर्न सक्ने ६ देशका ६ खेलाडीमा नेपालबाट गुल्सन परेका हुन् । पहिलोपटक एसिया कप खेल्न लागेको नेपालले उद्घाटन खेलमा भोलि पाकिस्तानको सामना गर्दै छ । त्यसपछि भदौ १८ गते हुने भारतसँगको खेलका लागि नेपालले श्रीलंका जाने छ ।

आईसीसीले चयन गरेका ६ खेलाडी :

१। बाबर आजम– पाकिस्तान, ब्याटर

एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा आसिन बाबर आजम पाकिस्तानका कप्तान हुन् । ठूला प्रतियोगितामा सधैँ आफ्नो प्रभावशाली छाप छोड्ने आजमले एसिया कपमा आफ्नो १८औँ एकदिवसीय शतक प्रहार गरे नौलो कुरा हुने छैन । पछिल्लो केही वर्षयता उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदै आएका आजमको विकेट विपक्षी टिमको मुख्य प्रयास रहने निश्चित छ ।

२। जसप्रीत बुमराह– भारत, बलर

लामो समयको चोटपछि मैदानमा फर्किएका बुमराह भारतका प्रमुख बलर हुन् । चोटपछि पुनरागमन गरेका बुमराहले डब्लिनमा सम्पन्न आयरल्यान्डविरुद्धको ट्वान्टी–२० शृङ्खलामा दुई विकेट लिएका थिए । मिडिल ओभर र डेथ ओभरमा पनि प्रभाव पार्ने उनको बहुमुखी प्रतिभा छ । जसका कारण भारतका कप्तान रोहित शर्माका लागि बुमराह एसिया कपमा प्रमुख बलरको रूपमा रहने छन् ।

३। गुल्सन झा– नेपाल, अलराउन्डर

आईसीसी मेन्स क्रिकेट विश्वकप छनोटमा केही उत्कृष्ट संकेत दिएका युवा अलराउन्डर गुल्सनलाई एसिया कपका नजरअन्दाज गर्नु विपक्षीको गम्भीर भुल बन्न सक्छ । आक्रमकरूपमा प्रस्तुत हुनु नै गुल्सनको खेल्ने शैली हो । उनले विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेर आफ्नो शैलीलाई प्रमाणितसमेत गरिसककेका छन् । विपक्षी इनिङ्सको मिडिल ओभरहरूमा स्कोरिङ रेट घटाउन पनि गुल्सन नेपालका लागि महत्त्वपूर्ण खेलाडी हुने छन् । गुल्सन एसिया कपमा चम्कन सक्ने ठूलो प्रतिभा भएका खेलाडी हुन् ।

४। तक्सिन अहमेद– बंगलादेश, बलर

सहकर्मी इबादोत हुसैन चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि बंगलादेशका फास्ट बलिङको जिम्मेवारी तक्सिन अहमेदको काँधमा छ । पछिल्लो समयको लयअनुसार तक्सिन एसिया कपमा बंगलादेशको यो जिम्मेवारी लिन तयार पनि देखिन्छन् । हालैमात्र क्रिकेट शृङ्खलाका लागि अफगानिस्तानले बंगलादेशको भ्रमणमा तक्सिनको बलिङ प्रदर्शन उत्कृष्ट थियो । यस्तै, जिम्बाब्वेको फ्रेन्चाइज लिगमा पनि हालैमात्र दुई खेल खेलेका तक्सिनले पाँच विकेट लिएका थिए ।

 

५। रासिद खान– अफगानिस्तान, अलराउन्डर

एसिया कपमा सबैभन्दा प्रतिभाशाली स्पिनरमध्येका एक हुन्, रासिद खान । अफगानिस्तानको स्पिनर आक्रमणलाई बलियो बनाउने जिम्मेवारी रासिदकै काँधमा छ । विगतका टोलीहरूले प्रायः रासिदको बललाई डिफेन्ड गर्ने र अन्य बलरहरूलाई आक्रमणको रणनीति अपनाए पनि ब्याटिङ सहयोगी पिचका कारण एसिया कपमा परिस्थिति फरक बन्न सक्ने छ । बलिङ भेरियसनका कारण ब्याटरलाई भ्रममा राख्न माहिर रासिदको चुनौती एसिया कपमा विपक्षी टिमका लागि रणनीति निर्माणको एक विषय बन्न सक्छ ।

६। महिश थिक्षणा– श्रीलंका, बलर

टोलीका स्टार स्पिनर वनिन्दु हसरंगाको फिटनेसमा प्रश्न उठिरहेका कारण एसिया कपमा थिक्षणामाथि झनै दबाब थपिएको छ । आईसीसी विश्वकप छनोटमा २१ विकेट लिँदै श्रीलंकाको विश्वकप यात्रा निश्चित गराएका थिक्षणाले एसिया कपमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिने टिमको आश छ । हालैमात्र लंका प्रिमियर लिगमा पनि थिक्षणा लयमा देखिएका थिए । २३ वर्षीय थिक्षणाले सात विकेट लिँदा सबैजसो खेलमा उनीविरुद्ध खेल्न ब्याटरहरू संघर्षरत देखिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

सम्बन्धित

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?

ओलीले ड्रोन उडाएर गरे एमालेको वाग्मती प्रदेश अधिवेशन उद्घाटन

जिल्ला प्रशासनमा सूचना आएपछि ७० हजार किलो चिनीसहित गोदाम सिल

डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com