काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल राज्यका उच्च तहका हरेक बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भनेर संसद्मा नै प्रश्न उठेको छ । प्रधानमन्त्री दाहालले छोरीलाई राज्यका हरेक उच्च तहका बैठकमा सहभागी गराएर गणतन्त्रमाथि नै खतरामा पारेको भनेर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रश्न उठाएका हुन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले प्रधानमन्त्रीकी छोरी र पूर्वप्रधानमन्त्रीको श्रीमती कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेका हुन् भनेर प्रश्न गरेका हुन् । गणतन्त्रलाई नेताको शासनमा परिणत गर्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।
ुजनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो रु नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने रु म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं रु कुनै पूर्वप्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् रु,ु उनले भने । त्यस्ता गतिविधिबाट व्यवस्थालाई नै खतरा रहेको सांसद सिंहको भनाइ थियो ।
अथोरिटी विदाउट अकाउन्टिबिलिटी चलेको छ, सबैभन्दा बढी खतरा त्यहाँबाट छ । गणतन्त्रलाई कहिँबाट खतरा छ भने चार(पाँच जना नेता र उनीहरूका बच्चाहरूबाट छ, उनले भने, जम्मै भ्रष्टाचारको जरो त्यहाँ छ ।
मुलुकका ठूला भ्रष्टाचार काण्ड अन्तिम टुंगोमा किन पुगेनन् भनेर पनि सांसद सिंहले प्रश्न गरेका छन् । उनले वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार इतिहासमै कमजोर रहेको विदेशी हस्तक्षेप निम्याउएर मुलुकमा धार्मिक र जातीय युद्ध निम्त्याउन उद्दत रहेको पनि बताए । नेपालमा विदेशीको हस्तक्षेप इतिहासमै धेरै भइरहेको छ ।
यति कमजोर सरकार नेपालमा मैले यसअघि देख्या थिएन । सरकार नेपालमा वैदेशिक हस्तक्षेपको निमन्त्रणकर्ता हो । सरकारको सहभागिता र सक्रियतामा नेपालमा जातीय र धार्मिक दंगा गराउन खोजिँदै छ, उनले भने ।
प्रतिक्रिया दिनुहोस्