ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन गरिएको छ : प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद आस्मा चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुबाट अभियान सञ्चालन गरिरहेको बताएका हुन्।

‘देशका विभिन्‍न भागमा आँखा पाक्ने अक्युट भाइरल कन्जङ्कटिभाइटिस संक्रामक रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिरहेको छ।

समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै संक्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘यसका साथै स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन भई रोकथाम र प्रवन्धनका विभिन्‍न कार्यहरू भइरहेका छन्। हाल नेपालको कुल जडित विद्युत क्षमता करिव २८ सय मेगावाट पुगेको छ। तर मुलुकको विद्युत उत्पादनको परिमाण हिउँद र वर्षा याममा एकनासको छैन।

उनले समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै संक्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको बताए।

त्यसैगरी स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन गरी रोकथाम र प्रवन्धनका विभिन्‍न कार्यहरू भइरहेको पनि जानकारी दिए।

त्यस्तै प्रधानमन्त्री दाहालले अघिल्लो आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १८५४।५ गिगावाट आवर विद्युत १८ अर्ब ५४ करोड रुपैयाँमा आयात गरेको र नेपालबाट १३३३ गिगावाट आवर विद्युत निर्यात गरी १० अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको पनि जानकारी दिए।

‘वर्षातको तुलनामा हिउँदमा विद्युत उत्पादनमा निकै ह्रास आई झन्डै एक तिहाइ मात्र हुने गर्दछ। हाल विद्युत उत्पादन र मागको आधारमा विद्युतको निर्यात र आयातको व्यवस्था मिलाउने गरिएको छ।

खासगरी हिउँद याममा नदी प्रवाहमा आधारित विद्युत प्रणालीबाट उत्पादित विद्युतमा ठूलो ह्रास आउने हुँदा छिमेकी मुलुकबाट बिजुली आयात गरी आन्तरिक माग धान्‍नुपर्ने स्थिति छ,’ उनले भने, ‘आगामी केही वर्षभित्रै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले स्वदेशमै पर्याप्त बिजुली उत्पादन गर्न विभिन्‍न स्तरका आयोजनाको निर्माणलाई अघि बढाइनुका साथै विद्युत प्रशारण तथा वितरण प्रणालीको कामलाई विस्तार गर्दै लगिएको छ।

अहिले विद्युत आयात–निर्यातको दर दैनिक रूपमा प्रतिष्पर्धा गरी तय हुने गरेको छ। यस वर्ष तुलनात्मक रूपमा हिउँदको समयमा अधिक सुख्खा हुनगई देशभित्रका विद्युत आयोजनाहरूबाट विद्युत उत्पादन कम हुन गएको छ।’

प्रधानमन्त्री दाहालले गत वर्षको तुलनामा यस वर्ष विद्युत निर्यातमा वृद्धि भएको भन्दै क्रमशः विद्युत उत्पादन बढ्दै जाँदा विद्युतको निर्यात पनि बढ्दै जाने पनि बताए।

‘अघिल्लो आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १८५४।५ गिगावाट आवर विद्युत १८ अर्ब ५४ करोडमा आयात गरेको थियो भने नेपालबाट १३३३ गिगावाट आवर विद्युत निर्यात गरी रु। १० अर्ब ४३ करोड आम्दानी गरेको थियो ।

गत वर्षको तुलनमा यस वर्ष विद्युत निर्यातमा वृद्धि भएको छ र क्रमशः विद्युत उत्पादन बढ्दै जाँदा विद्युतको निर्यात पनि बढ्दै जाने कुरा जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘रुस र युक्रेन युद्धका कारण कोइलाको आपूर्ति असहज भई छिमेकी मुलुकमा विद्युतको उत्पादन लागत बढ्न गएकोले पनि स्वदेशमा विद्युतको उत्पादन कम हुने समयमा आन्तरिक माग पूरा गर्न प्राधिकरणले केही महँगो मूल्यमा बिजुली आयात गर्नुपरेको कुरा स्पष्ट पार्न चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com