ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमल बस्नेत मृत्यु प्रकरण : पोष्टमार्टम गर्न परिवार सहमत, सुधार गृहबाट भागेका पाँचजना भेटिएनन्


एबीसी न्यूज

काठमाडौं, ११ भदौ, । कमल बस्नेतको शव परीक्षण गर्न उनका परिवार सहमत भएका छन् ।

परिवार सहमत भएपछि बस्नेतको भक्तपुरको सूर्यविनायकस्थित काठमाडौं मेडिकल कलेजमा उनको पोष्टमार्टम थालिएको भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।

बलात्कार आरोपमा बालसुधार गृह भक्तपुरमा राखिएका रामेछाप मन्थली नगरपालिका–३ का कमलको ३ भदौमा मृत्यु भएको थियो । सुधार गृह प्रशासनको कमजोरीका कारण कमलको मृत्यु भएको भन्दै परिवार विरोधमा उत्रिएका थिए ।

उनको शवसमेत परिवारले बुझ्न मानेका थिएनन् । तर, सोमबार सहमतिपछि भने परिवारका सदस्य पोष्टमार्टम गर्न तयार भएका हुन् । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा बनेको समितिले कमलको परिवारलाई क्षतिपूर्तिको लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने भएपछि सहमति भएको हो ।

कमलको मृत्यु प्रकरणले उग्ररुप दिएपछि बाल सुधार गृहका अन्य बालक तोडफोडमा उत्रिएका थिए । ४ भदौमा सुधार गृह तोडफोड गरेर २५८ जना बालक सुधार गृहबाट भागेका थिए ।

उनीहरूमध्ये पाँचजना अझै फरार छन् । नियन्त्रणमा लिएका मध्ये ५७ जना बालकलाई भने काठमाडौं बाहिरको सुधार गृहमा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com